मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

कागतीका बोक्रा असाध्यै गुणकारी

  • 1
    Share

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । गर्मीमा मानिसहरू अत्यधिक कागती सेवन गर्छन् । पौष्टिक गुणहरूले भरपूर कागतीले शरीरलाई अनेकौं रोगबाट टाढा राख्छ । हामीहरू कागतीको बोक्रालाई बेकार ठानेर फ्याँक्छौं र बोक्रा पनि बहुगुणी हुन्छ । यसमा भएको पेक्टिन नामक तत्त्वले शरीरमा जमेको अतिरिक्त बोसोलाई घटाउँछ । यसका अन्य फाइदा यसप्रकार छन्ः

- Advertisement -

तनाव
आजकल हरेक व्यक्ति तनावग्रस्त छ । तनावबाट छुटकारा पाउनका लागि कागतीको बोक्रा उत्तम उपाय हो । यसमा भएको फ्लेभोनाइडले तनाव घटाउन सहायता गर्छ ।

- Advertisement -

क्यान्सर
कागतीको बोक्रामा भएको तत्त्वले क्यान्सरजस्तो गम्भीर रोगबाट लड्न पनि मद्दत गर्छ ।

दाँत
कागतीको बोक्रामा दशवटा कागतीको रसभन्दा १० गुणा बढी भिटामिन र क्याल्सियम पाइन्छ । यसले दाँतसम्बन्धी समस्या हटाउँछ ।

मुटु
पोटेसियमले भरिएको कागतीको बोक्राले रक्तचापलाई नियन्त्रणमा राख्छ । यसले हृदयघात र मधुमेह जस्ता रोगबाट पनि बचाउँछ ।

छाला
कागतीको बोक्राले छालासम्बन्धी समस्या हटाउँछ । यसमा भएको एन्टीअक्सिडेन्टले छाला निखार्छ । एजेन्सी

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -