शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

परीक्षा बोर्डले एसईईको...

काडमाडौं,१६ चैत । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा जारी गरिएका...

कटुवा पेस्तोल लगायतका हतियारसहित...

काठमाडौँ,१६ चैत । जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँको कपनबाट गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा...

युवती हत्या आरोपमा एक...

बुटवल,१६ चैत । पधेंरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको हत्यामा संलग्न भएको आरोपमा...

दुर्गा प्रसाईंलाई हतियार राख्न...

काठमाडौं,१६ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन...
23.1 C
Kathmandu
34.8 C
Birgunj

१०५ वटा व्यापारीक फर्मलाई कार्वाही, रु ३० लाख २३ हजार जरिवाना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगञ्ज, १८ फाल्गुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगरेको भन्दै १०५ वटा व्यापारीक फर्मलाई कार्वाही गरी रु ३० लाख २३ हजार जरिवाना गरेको छ ।

- Advertisement -

सो कार्यालयले चालू आर्थिक वर्षको फागुन १७ गतेसम्ममा २०५ व्यापारिक फर्ममा अनुगमन गरी त्यसमध्ये १०५ लाई कारवाही गरी रु ३० लाख २३ हजार जरिवाना गरेको छ । एसआर रेडिमेड उद्योगलाई सबैभन्दा बढी रु ३ लाख जरिवाना गरिएको छ । उक्त उद्योगले बहुराष्ट्रिय कम्पनीको लोगो आफ्नो उत्पादनमा लगाउने गरेको पाइएकोले उक्त उद्योगलाई हदैसम्मको जरिवाना गरिएको हो । यसैगरी वीरगञ्जकै जय अम्बे ट्रेड एण्ड जेनेरल अर्डर सप्लायर्सलाई रु दुई लाख ५१ हजार, गगन ट्रेडिग हाउसलाई रु दुई लाख जरिवाना गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका–३ स्थित घर संसार पसललाई रु तीन लाख जरिवाना गरिएको छ । ती व्यापारीक फर्महरुले बढी मूल्य लिएर उपभोक्ता ठग्दै आइरहेकाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ बमोजिम तत्काल जरिवाना गरिएको निमित्त कार्यालय प्रमुख जीतबहादुर भण्डारीले राससलाई बताए ।

- Advertisement -

उक्त कार्यालयले सो अवधिमा सप्तरीमा ११, धनुषामा २०, महोत्तरीमा ६, सर्लाहीमा ३, रौतहटमा १७, बारामा ३, पर्सामा ७६, मकवानपुरमा १५ र चितवनमा २७ गरी जम्मा २०५ फर्मको अनुगमन गरी त्यसमध्ये १०५ फर्मलाई जरिवाना गरेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार