मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

शिक्षकलाई निर्घात कुटपिट गर्ने एसआर ग्यालेक्सीका प्रअसहित ४ जना पक्राउ

  • 300
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १८ फागुन – शिक्षकलाई निर्घात कुटपिट गरि घाइते बनाउने प्रधानाध्यापकसहित ४ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी प्रहरीले कारवाही अघि बढाएको छ । पक्राउ पर्नेहरुमा बीरगन्ज महानगरपालिका वडा नं १३ स्थित एसआर ग्यालेक्सी माविका निर्देशक तथा प्रअ शर्मानन्द कुशवाहा, शिक्षक सुनिल महतो, बलिराम चौहान र विक्रम जैसवाल रहेका छन् ।

- Advertisement -

अभियुक्त सबैलाई प्रहरीले विद्यालय परिसरबाटै सोमबार बेलुका हिरासतमा लिएको हो । कुटपिटबाट गम्भीर घाइते भएका सोही विद्यालयका पूर्व शिक्षक देव जैसवालको किटानी जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

- Advertisement -

राजीनामा दिएर बीरगन्ज – १५ लक्ष्मणवास्थित कसमस स्कुलमा प्रअको रुपमा कार्यरत जैसवालमाथि गत माघ पहिलो साता सांघातिक आक्रमण भएको घटनामा आरोपी देखिएका ४ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गराई प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

विद्यालय छोडेकै कारणले वा अन्य केही कारणले जैसवालमाथि आक्रमण भएको हो÷हाईन भन्ने बारेमा अनुसन्धान पछि खुल्ने प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।

यसअघि जैसवाल एसआर ग्यालेक्सी माविमा शिक्षकका रुपमा कार्यरत थिए । गत पुषको अन्तिम साता उनले सो विद्यालयबाट राजीनामा गरी लक्ष्मणवास्थित कसमस माविमा प्रअको रुपमा कार्यरत थिए । माघको पहिलो साता कस्मस् स्कुलबाट घर फर्कने क्रममा विद्यालयकै गेट बाहिर जैसवालमाथि सांघातिक आक्रमण भएको थियो ।

आक्रमणबाट गम्भीर घाइते भएका जैसवालको करिब २ हप्तासम्म बेहोस अवस्थामा अस्पतालमा उपचाररत थिए । करिब एक महिनाको उपचार पश्चात घर फर्किएका जैसवाल र उनको परिवारले घटनाका दोषीमाथि कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका थिए ।

पिडित जैसवालले विद्यालय छोडेको निहुँमा प्रअ कुशवाहाको निर्देशनमा आफुमाथि सांघातिक आक्रमण भएको बताए । उनले घटनाका दोषीमा माथि यशाशिघ्र कारवाहीको माग गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -