बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

देशभरमा २ जना मृत...

काठमाडौँ,१५ चैत । रौतहट, वृन्दावन नगरपालिका–१ भोटिया टोल बस्ने ३५ बर्सिया सेतीमाया तामाङ...

नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत,१५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन...

विभिन्न स्थानमा पौडी खेल्ने...

काठमाडौँ,१५ चैत । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको...

दाइजोको निहुँमा पक्राउ...

बीरगन्ज,१५ चैत । बीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ...
19.1 C
Kathmandu
33.8 C
Birgunj

ठाकुररामको छात्रावास खण्डहरमा परिणत, मर्मत सम्भारका लागि राज्य उदासिन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १८ फागुन । पर्साको बीरगन्जमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसको मातहातमा रहेको छात्रावासको अवस्था जर्जर बनेको छ । सरोकारवालाहरुको गैरजिम्मेवारीपन र लापरवाहीका कारण क्याम्पसमा बेथितिको श्रृंखला दिनप्रतिदिन बढ्दै गएको हो ।

- Advertisement -

देशकै सबभन्दा पुरानो शैक्षिक प्रतिष्ठानका रुपमा रहेको ठाकुरराम क्याम्पसलाई समयसापेक्ष स्तरोन्नति नगरिँदा क्याम्पसको अवस्था दयनिय बन्दै गएको देखिएको छ । क्याम्पसको भौतिक संरचनाहरुको समयमा मर्मतसम्भार नहुँदा छात्रावास खण्डहरमा परिणत हुँदै गएको हो ।

क्याम्प्स परिसरभित्र रहेको छात्रावासमा बस्न सक्ने अवस्था छैन । ५ सय भन्दा बढी छात्र–छात्रा बसोबास गर्ने क्षमता भएको छात्रावासमा हाल २४ जना छात्र र ३२ जना छात्रा गरी ५६ जना मात्र बसिरहेका छन् । दुरदराजका ईलाकाहरुबाट सदरमुकाम पढ्न आएका विद्यार्थीहरुको बसोबासमा सहजताका लागि निर्माण गरिएको छात्रावासको अवस्था यस्तो छ कि, विद्यार्थीहरु क्याम्पस बाहिर डेरा लिएर बस्न बाध्य छन् ।

- Advertisement -

छात्रावासको अवस्था बसि नसक्नुको भएपछि गरिब तथा विपन्न वर्गका विद्यार्थीहरु चर्को शुल्क तिरेर डेरा बहालमा लिएर बसिरहेका छन् ।छात्रावासमा हुनुपर्ने आधारभुत सेवाहरु पनि ठाकुररामस्थित छात्रावासमा उपलब्ध छैन । कुनै बेला खाना पकाउनका लागि किचेनका रुपमा प्रयोग हुँदै आएको कोठा वर्षौदेखि खुलेको छैन । क्याम्पसको मेस सञ्चालन नहुँदा छात्रावासका विद्यार्थी आफै पकाएर खाने गरेका छन् ।

वर्षाैदेखि बन्द छात्रावासकाे ‘मेस’

सरसफाईको अभावमा शौचालयहरु प्रयोग योग्य छैनन् । दुर्गन्धका बिच विद्यार्थीहरुको बसाई छ । छात्राहरुले प्रयोग गर्दै आएको शौचालयको समेत मर्मत सम्भारमा आलटाल हुँदै आएको छ । छात्रावासको मर्मतसम्भारका लागि पहल गरिए पनि क्याम्पस प्रशासनको गैरजिम्मेवार प्रवृत्तिका कारण मर्मतसम्भारको प्रक्रिया सार्थक हुन नसकेको सोही क्याम्पसमा अध्ययनरत एक विद्यार्थीले बताए ।

शाैचालयकाे दुरावस्था

आधारभुत आवश्यक्ताको अभावमा छात्रावासको बसाई पिडायुक्त भएको विद्यार्थीहरुको भनाई छ । सरसफाईको अभावमा छात्रावास भवनको भित्तामा उम्रिएका झाँडीहरुले विभिन्न खालका किरा फट्यांग्राहरुको घर बनेको छ । छात्रावासमा नियमित विद्युत आपुिर्त पनि छैन । जसका कारण पठनपाठनमा समस्या सृजना भएको गुनासो विद्यार्थीहरुले गरे । भवन वरिपर व्याप्त झाँडीहरुका कारण वर्षायाममा कोठामा सर्पहरु पस्ने लगायतका समस्याले पनि आफुहरुलाई प्रताडित बनाईरहेको विद्यार्थीहरुले भने ।

छात्रावासमा किरा फट्यांग्राहरुको प्रशय

छात्रावास पूर्ण सञ्चालनमा आएपछि प्रशासनको जिम्मेवारी बढ्ने भएका कारण क्याम्पस प्रशासनले छात्रावासको मर्मतसम्भारमा ध्यान नदिएको एक विद्यार्थी नेताले बताए । “छात्रावास पूर्ण क्षमतासहित सञ्चालनमा आएपछि, क्याम्पस प्रशासनका लागि घाँडो हुनेछ, जिम्मेवारी बढ्नेछ” विद्यार्थी नेताले भने,“जिम्मेवारी बढ्ने भएका कारण क्याम्पस प्रशासनले छात्रावास पुर्ननिर्माणमा चासो लिएको छैन ।”

यता, ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस निमित्त प्रमुख सुरेश कुशवाहाले भने आफु चाहँदा चाहँदै पनि मर्मतसम्भारको कार्य गर्न नसकेको दुखेसो पोखे । त्रिविले आफुहरुलाई तलबबाहेक विकास निर्माण तथा स्तरोन्नतीका लागि कुनै प्रकारको रकम निकासा नगर्ने गरेको उनले जिकिर गरे ।

क्याम्पसको छात्रावास बस्न योग्य नभएको स्विकार गर्दै उनले मर्मतसम्भारका लागि त्रिविमा पटकपटक ताकेता गर्दा पनि कुनै सुनुवाई नभएको बताए । “वास्तवमै छात्रावास बस्ने योग्य छैन, मर्मतसम्भारको तुरुन्त आवश्यक्ता छ” उनले भने,“दाताहरुसँग समन्वय गरिरहेका छौ, आश्वासन पाएका छौ ।”

thakurram campus hostel
छात्रावासमा वृक्षहरूकाे वर्चस्व

स्थानिय दाताहरुलाई सम्पर्क गरि भवन मर्मतसम्भारका लागि आग्रह गरेको भन्दै उनले दाताहरुले आश्वासन दिएको जानकारी गराए । त्रिवि अन्तर्गतको युनिवर्सिटी ग्रान्ट कमिसनले पठाएको अनुदानबाट क्याम्प्समा ल्याबोरेटरीको निर्माण कार्य गरेको उनले बताएका थिए । केही समयअघि भरतपुरमा आयोजना भएको एक कार्यक्रममा त्रिविको योजना महाशाखाका पदाधिकारीहरुलाई यहाँको यर्थाथ अवस्थाबारे जानकारी गराएको बताए ।

फरक प्रसङ्गमा उनले सार्वजनिक संस्थानका सम्पत्तीहरुलाई समाजले संरक्षण नगरेसम्म निर्माण तथा मर्मतसम्भारको अर्थ नरहने स्पष्ट पारे । क्याम्पसको शिक्षा संकायतिरको पर्खाल भत्काएर स्थानियहरुले आउजाउ गर्ने बाटो बनाएको उनले गुनासो गरे ।

thakurram campus hostel
छात्रावासकाे दुर्दशा….

“भएका संरचना त स्थानियहरुले भत्काइदिएका छन्, हामी निर्माण गर्ने कुरा गरिरहेका छौ”, उनले भने,“समाजको सहयोग नभएसम्म सार्वजनिक सम्पत्तीको संरक्षण हुँदैन ।”

एक समयमा गुल्जार हुने ठाराबकाे छात्रावासकाे अहिलेकाे दयनिय अवस्था देखेर आफु निकै मर्माहित हुने गरेकाे उनले बताए । “२०४४/४५ तिर म यहि पढेको विद्यार्थी हो, छात्रावास भित्रै मेस सञ्चालन हुन्थ्यो”, उनले भने,”त्यतिखेरको अवस्था र अहिलेकोमा असाध्यै फरक छ ।”

सराेकारवालाहरू अनुसार केन्द्रले मधेशलाइ गर्ने विभेदकाे चेपुवामा ठाकुरराम पनि परेकाे जिकिर गरेका छन् ।

तस्बिर साैजन्य : सन्ताेष साह/नेपाल पाेष्ट डेली

अन्धकारमा बास !

 

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार