शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
21.1 C
Kathmandu
32.2 C
Birgunj

१५ करोडको लागतमा बाराको दूधौरा खोला चार लेनको पक्की पुल बन्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा, १९ फागुन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ खण्डमा पर्ने दूधौरा खोलामा चार लेनको पक्की पुल निर्माण थालिएको छ ।

- Advertisement -

मर्मत गरेर सञ्चालन गरिदै आएको पुल पटक–पटक भासिएपछि नयाँ पुल निमार्ण थालिएको हो । सडक विभाग कार्यालय हेटौडाले पक्की पुल निर्माणका लागि महादेव खिम्ती हिराजन जेभीसँग ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको हो ।

करिब ८९ मिटर लम्बाई रहेको यस पुलको चौडाई २३ मिटर रहने निर्माता जेभीले जनाएको छ । करिब १५ करोड २३ लाखको लागतमा ३ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरिएता पनि २ वर्षभित्रै निमार्ण सम्पन्न गरिने योजनाका साथ काम भईरहेको महादेव खिम्ती हिराजन जेभीका इञ्जिनियर अजय झाले बताए ।

- Advertisement -

गत वर्ष पुलको पिलर भाँसिएर यातायात सञ्चालनमा समस्या आएपछि २ करोडको लगानीमा रेक्टो फिटिङ्ग गरेर पुल सञ्चालनमा ल्याईएको थियो । भासिएर अवरुद्ध हुदै आएको यस पुल सडक डिभिजन कार्यालय हेटौडाले ३ बर्षअघि समेत रेक्टो फिटिङ्ग गरेर सञ्चालनमा ल्याइएको थियो । दूधौरा पुलका कारण लामो समय यात्रु र सवारी चालकले सास्ती भोग्नुपरेको थियो ।

बर्षेनी पुल बिग्रिएर सवारी साधन ठप्प हुने गरेको कारण बर्षायाममा यात्रुहरुले कयौं रात जङ्गलमै बिताउन बाध्य बन्ने गरेका थिए । पुल पटक–पटक भासिएकै कारण सवारीहरु जोखिम मोलेर खोलाको बाटो पार गर्नुपर्ने बाध्यता थियो ।

पुलका कारण हुने सवारी जामको समस्या समेत चारलेनको नयाँपुल निर्माण भएसंगै हट्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । वर्षायाममा हुने समस्यालाई मध्यनजर गर्दै निर्माण कार्य सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुरेश थापाले बताए ।

करीब ५० वर्ष अगाडि निर्माण गरिएको यस्ता पुलहरु राजपथमा हुने सवारी साधनको चापले साँघुरिदै गएपछि सडक र पुलको विस्तार गरी दुई लेनलाई चार लेन बनाउन लागिएको हो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार