बीरगन्ज, २० फाल्गुन । बीरगन्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणअनुसार १ जनामा कोभिड १९ संक्रमण पुष्ठि भएको छ ।
पर्सा जिल्लाको विभिन्न स्थानबाट संकलित ६५ जनाको थ्रोट स्वाबको नमुना परिक्षण गर्दा १ जना पुरुषमा संक्रमण पुष्ठि भएको हो ।
बीरगन्ज महानगरपालिका वडा न. ७ निवासी १९ वर्षिय युवकको पिसिआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।
डा. दासका अनुसार पिसिआर रिपोर्ट पोजेटिभ आएका संक्रमितको सिटि भ्यालु ३० रहेको छ ।