मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

मलेसिया: गैरकानुनी रुपमा बसेका नेपालीसहित २ सयभन्दा बढी श्रमिक पक्राउ

  • 2
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

क्वालालम्पुर । मलेसियाको अध्यागमन बिभागले गैरकानुनी रुपमा बसेका नेपालीसहित २ सय ५ आप्रवासी श्रमिकलाई पक्राउ गरेको छ । अध्यागमनले त्यहाँको पुडु अपार्टमेन्टमा छापा उनीहरु पक्राउ परेको जनाएको छ ।

- Advertisement -

पक्राउ पर्नेहरुमा नेपाल, बंगलादेश र इन्डोनेसियाका नागरिक छन् । पक्राउ परेकाहरुसँग वैध कागजात, पास वा अनुमतिपत्र केही नभएको विभागलाई उदृत गर्दै मलेसियाबाट प्रकाशन हुने द स्टार पत्रिकाले जनाएको छ ।

- Advertisement -

पक्राउ गरिएका केही व्यक्तिहरू २०१६ देखि गैरकानुनी तरिकाले त्यहाँ रहेको बताइएको छ । पक्राउ गरिएकाहरु २० देखि ४० वर्ष बीचका रहेको विभागले जनाएको छ ।

क्वालालम्पुर अध्यागमन निर्देशक हमीदी आदमका अनुसार जनताबाट गुनासो आएपछि विभागले उक्त अपार्टमेन्टमा छापा मार्दा उनीहरुलाई पक्राउ गर्न सफल भएको बताए ।

उनीहरुलाई थप अनुसन्धानका लागि क्वालालम्पुर अध्यागमन मुख्यालयमा पठाईएको निर्देशक हमीदीले बताए । पक्राउ परेकाहरुको परिचय खुलाइएको छैन ।

मलेसियाले गैरकानुनी रुपमा बसेका नेपालीसहित आप्रवासी कामदारलाई गत डिसेम्बरदेखि नै स्वदेश फर्किने मौका प्रधान गरेको छ । मलेसिया सरकारले त्यहाँ रहेका गैरकानुनी कामदारहरुको व्यवस्थापनको लागि रिक्यालीब्रेसन कार्यक्रम घोषणा गरेर गैरकानुनी तरिकाले बसेकालाई स्वदेश फर्काईरहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -