शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

बालिका अपहरण गरी ...

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा...

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...

राेट्याक्ट क्लब बीरगन्जद्वारा कलैया...

बीरगन्ज,१६ चैत । राेट्याक्ट क्लब अफ बीरगन्ज मेट्राेपाेलिसले कलैया प्रादेशिक अस्पतालमा स्वास्थ्य उपकरणका...

विशेष अदालतले थाल्यो अनलाइनबाटै...

काठमाडौं,१६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ ।...
23.1 C
Kathmandu
34.8 C
Birgunj

बलात्कार तथा जबर्जस्ति करणी गरेको आरोपमा पर्साबाट ३ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज । पर्सा प्रहरीले जर्बजस्ती करणी र करणी प्रयास गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।

- Advertisement -

प्रहरीले बीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बस्ने २२ वर्षीय अनिल कुशवाहा, सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ बस्ने १८ वर्षीय रोशनकुमार यादव र पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बस्ने १९ वर्षीय अविशेक दास थारु पक्राउ परेका हुन् ।

छुट्टाछुट्टै घटनामा संलगन रहेको आरोपमा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

- Advertisement -

कुशवाहा र यादवविरुद्ध जबर्जस्ती करणीको र थारुविरुद्ध जबर्जस्ती करणी उद्योगमा संलग्न भएको आरोप लागेको छ ।

आरोप अनुसारकै मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद अनुमति लिई आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

विवाह गर्ने प्रलोभनमा पारी जबरजस्ती करणी

अनिलले १९ वषर्ीया महिलासँग सम्बन्ध कायम गरेका थिए । महिलालाई उमेर २० वर्ष पुगेपछि विवाह गर्छु भनी विश्वास दिलाउन २०७६ फाल्गुन १६ गते उनले छेकासमेत गरेका रहेछन् । उनले आˆनै घरकोठा तथा गाउँघरको एकान्त स्थानमा समेत गरी पटक-पटक करणी गरेको भनी प्रहरीमा उजुरी परेको छ ।

तर सम्बन्धमा रहेको केटीलाई छोडेर कुशवाहाले अर्कै केटीसँग विवाहसमेत गरेको आरोप अनिलमाथि लागेको छ ।

जबर्जस्ती करणी कसुरमा कानुनबमोजिम कारबाही गरिपाऊँ भनी फागुन २८ गते शुक्रबार पीडितको बुवाले जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोप

सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ बलुवा टोल बस्ने रोशनविरुद्ध १६ वर्षी बालिकालाई फागुन ८ गते राति १० बजे जबर्जस्ती करणी गरेको आरोप छ । बालिकाको कोठामै गई विवाह गर्छु भनी ललाइफकाई जबरजस्ती करणी गरको दावी उजुरीकर्ता पक्षको छ ।

रोशनकै कारण फागुन १३ गते बिहान १ बजे केटीले घर छाडी हिँड्न बाध्य भएकी थिइन् । रोशनले भारतको गोरखपुर भन्ने ठाउँमासमेत लिएर डेरा गरी राखी पटकपटक करणी गरेको आरोप केटी पक्षको छ ।

बालिकाको घर तथा प्रहरीबाट खोजतलास भइरहेको छ भन्ने थाहा पाई निजले पीडितलाई आˆनो घर जाउ भनी पठाएको बालिकाको बुवाको आरोप छ ।

रोशनले पटकपटक आफ्नो छोरीलाई जबर्जस्ती करणी गरेको कानुनबमोजिम कारबाही गरिपाऊँ भनी फागुन २८ गते शुक्रबार बालिकाको बुवाले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । रोशनलाई प्रहरीले घरबाटै नियन्त्रणमा आवश्यक अनुसन्धान सुरु गरेको छ ।

जबरजस्ती करणी उद्योग मुद्धामा अविशेक पक्राउ

फागुन २५ गते बिहान साढे ११ बजे २१ वर्षीया महिला गहुँखेतमा घाँस काटिरहेको अवस्थामा अविशेकले जर्बजस्ती करणी प्रयास गरेको उजुरी प्रहरी कार्यालयमा परेको छ ।
महिलाको पछाडिबाट आई एक्कासी झम्टिएर जबरजस्ती करणी गर्न खोजेको दाबी उजुरी कर्ता पक्षको छ ।

महिलाले प्रतिकार गरी भागेको र फागुन २६ गते प्रहरी कार्यालयमा उजुरी दिएपछि अविशेक घरबा६ पक्राउ परेका हुन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार