आइतवार, बैशाख २६, २०७८

17 C
Kathmandu
25.6 C
Birgunj

‘इण्डियन आइडल’मा फर्कदै अनु मलिक

  • 4
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मुम्बई । बलिउड गायक तथा संगीतकार अनु मलिक एकपटक पुनः ‘इण्डियन आइडल’मा आउने भएका छन् । यसपटक उनको आगमन निर्णायकका रुपमा नभई केवल अतिथीका रुपमा मात्र हुनेछ ।

- Advertisement -

टाइम्स अफ इण्डियामा प्रकाशित समाचारअनुसार ९० औं भागको यो विशेष श्रृंखलामा अनुका साथ उदित नारायण झा र गीतकार समीरको पनि उपस्थिति हुनेछ ।

- Advertisement -

‘यो ९० दशकको म्यूजिक विकेन्ड एपिसोड हुनेछ । अनुले ९० को दशकमा कैयौं फिल्मका लागि संगीत सिर्जना गरे । ती गीतहरु चार्टबस्टर रहेका छन्’, समाचारमा लेखिएको छ,‘त्यहीकारण यो एपिसोड अनु मलिक बिना पुरा हुन सक्दैन । त्यसकारण अनु अतिथीका रुपमा आउन लागेका हुन् । अनुसँगै गीतकार समीर र गायक उदित नारायण झाको पनि विशेष उपस्थिति रहनेछ । जसले ९० को दशकको संगीतमा सानदार योगदान दिएका थिए ।’

अनु सुरुवाती समयदेखि नै ‘इण्डियन आइडल’को हिस्सा थिए । तर सिजन १० मा भने उनको स्थानमा जावेद अली आए । यो सिजनमा उनलाई यौन उत्पीडनको आरोप लागेपछि जावेद उनको स्थानमा आएका थिए ।

उनी सिजन ११ मा पुन शोमा आए पनि गायिकाहरु सोना महापात्रा, नेहा भसीन र श्वेता पण्डितले उनको विरुद्ध ट्वीट गरेपछि अनुको स्थानमा हिमेश रेशमियाको आगमन भयो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -