मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

बीउवा संघका नव निर्वाचित पदाधिकारीले लिए शपथ

  • 8
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २० चैत- बीरगन्ज उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुले शुक्रबार एक कार्यक्रमका बीच शपथ लिएका छन् ।

- Advertisement -

शुक्रबार क्लार्क रिर्सोटमा आयोजित एक कार्यक्रमका बीच प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले बीरगन्ज उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष सुबोध कुमार गुप्ता लगायतका शपथ खुवाएका हुन् ।

- Advertisement -

बीरगन्ज उद्योग वाणिज्य संघको ४५ औं साधारण सभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका गुप्तासहित निर्वाचित भएका वरिष्ठ उपाध्यक्षमा अनिलकुमार अग्रवाल(पाटवारी), द्वितिय उपाध्यक्ष हरि गौतम, सर्वसम्मत भएका महासचिवमा मनोजकुमार दास, कोषाध्यक्षमा नवनित अग्रवाल, सह कोषाध्यक्षमा अंकित चाचान लगायतलाई प्रमुख निर्वाचत अधिकृत खरेलले शपथ खुवाएका हुन् ।

सोही बीच कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत नव निर्वाचित बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ता लगायतका सम्पूर्ण पदाधिकारीहरुलाई माला लगाएर बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा मुख्यमन्त्री राउत, पर्साको क्षेत्र नं. १ का सांसद प्रदीप यादव, बीरगन्ज महानगरापालिकाका मेयर विजय कुमार सरावगी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठ लगायतको उपस्थिति रहेको थियो ।

शपथ ग्रहण कार्यक्रम बीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडियाको अध्यक्षतमा सम्पन्न भएको हो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -