मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

सांसद यादवद्वारा बीरगन्ज क्रिकेट लिगको उद्घाटन्

  • 625
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २१ चैत । पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले खेलकुद प्रति युवाहरुको रुचि बढाउनुपर्ने आवश्यक्ता औल्याएका छन् ।

- Advertisement -

बीरगन्जस्थित नारायणी रगंशालामा शनिबार (आज) देखि शुरु भएको बीरगन्ज क्रिकेट लिग प्रतियोगिताको उद्घाटन गर्दै सांसद् यादवले पछिल्लो समय खेलकुद प्रति युवाहरुको आकर्षण घट्दै गएकोले विभिन्न प्रतियोगिता गरेर खेलकुद प्रति उनीहरुको रुची बढाउनुपर्ने बताए ।

- Advertisement -

सांसद् यादवले खेलकुद क्षेत्रलाई व्यवस्थीत गर्न सङ्घ संस्थाहरुको सक्रिय सहभागीता महत्वपूर्ण भएको बताउँदै विभिन्न प्रतियोगिता समय–समयमा आयोजना गर्न सुझाव दिए ।

स्वास्थ्यको दृष्टिकोणले पनि खेलकुदको फाईदाहरु रहेकोले स्वस्थ जीवनका लागि सबैले केहि समय खेलकुदलाई दिनुपर्ने उनको भनाई छ । उनले क्रिकेट खेलको विकास र प्रवर्द्धन सबैको साझा दायित्व भएकोले रङ्गशालाको स्तरोन्नति र भौतिक विकासका लागि आफुले निरन्तर पहल गरिरहेको बताए । आगामी दिनमा संसद्बाट पनि यसको लागि आवाज उठाउने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

बीरगन्ज क्रिकेट क्लबको आयोजनामा आजदेखी शुरु भएको क्रिकेट प्रतियोगितामा प्रदेश २ का विभिन्न जिल्लाबाट आएका क्लबहरु बीच प्रतिस्पर्धा हुनेछ ।
क्लबका उपाध्यक्ष फारुख अन्सारीको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा प्रदेशसभा सदस्य जन्नत अन्सारी, वडा न १३ का वडाअध्यक्ष तुफान फारुक अन्सारी, पर्सा क्रिकेट सङ्घका अध्यक्ष दाउद अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -