काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक घटनाक्रम फेरिएको बताएका छन् । शनिबार कपिलवस्तुमा पार्टीको जिल्लास्तरीय प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘प्रधानमन्त्रीको राजीनामा मान्ने र सरकार गठनका लागि पहल गर्ने’ कांग्रेसको निर्णयसँगै देशको राजनीतिले कोल्टो फेरेको बताएका हुन् ।
‘हिजो र आज काठमाडौँको राजनीतिक घटनाक्रम अलिकति फेरियो। खासगरी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामाको माग गरेपछि र अर्को सरकार गठनको पहल गर्ने निणय गरेपछि देशकोराजनीतिले कोल्टे फेरेको प्रचण्डको भनाई छ । उनले अब छिट्टै अब नयाँ सरकार बन्ने बताए ।