शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्सामा ४३५ परीक्षार्थी एसईईको...

बीरगन्ज,१६ चैत । पर्सा जिल्लामा ४ सयभन्दा बढी परीक्षार्थीे माध्यमिक शिक्षा परीक्षा (एसईई)...

सरकारले निर्माण व्यवसायीहरूको ६०...

काठमाडौँ,१६ चैत । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण...

बालिका अपहरण गरी ...

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा...

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...
20.1 C
Kathmandu
30 C
Birgunj

नेपालमा कोरोना खोप लगाएका १० जेष्ठ नागरिकको मृत्यु, अनुसन्धान शुरू !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२२ चैत । कोरोनाविरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु भएपछि मृत्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरू गरेको छ ।

- Advertisement -

म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अनुसन्धान शुरू गरेको हो । खोपपश्चात् हुने अवाञ्छित घटनाको कमिटीका अनुसन्धान प्रमुख डा. धनराज अर्यालका अनुसार मृत्यु खोपकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको भन्ने पत्ता लगाउन अनुसन्धान शुरू गरिएको हो ।

डा .अर्यालका अनुसार मृत्यु हुनेमा दीर्घरोगी, दम, मुटु तथा रोगसँग लड्ने क्षमता कमजोर भएका जेष्ठ नागरिकहरू रहेका छन् । उनीहरूका आफन्तले पनि मृत्युका कारण खोप नभई कालगति र अरू नै रोगका कारण भएको जनाएका छन् ।

- Advertisement -

तर, खोपको प्रभावका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउनुपर्ने नियमका कारण सरकारले अनुसन्धान शुरू गरेको बताइएको छ । नेपालले कोरोनाविरुद्धको खोप अभियानमा अहिलेसम्म भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड प्रयोग गरिरहेको छ ।

पहिलो र दोस्रो चरणमा गरी हालसम्म १७ लाखले यो खोप लगाइसकेका छन् । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार