मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

नेपाल–चीनबीचको परम्परागत ७...

काठमाडौँ,०४ वैशाख । नेपालको उत्तरी सिमाना जोडिएको छिमेकी मुलुक चीनले नेपाल र चीनबीचको...

स्रोत नखुलेको नगदसहित एक...

रौतहट,०४ वैशाख । गौर नगरपालिका-१ बाट स्रोत नखुलेको नगद ५ लाख ४९ हजार...

मधेश प्रदेशको सदन १०...

जनकपुर,०४ वैशाख । मधेस प्रदेशको सदन सुरु नहुँदै अवरुद्ध भएको छ । विश्वासको...

मधेश सरकारलाई लोसपाले विश्वासको...

जनकपुर,०४ वैशमख । मधेश प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विश्वासको मत...
28.1 C
Kathmandu
41.9 C
Birgunj

बोरिङ जडानको काम थालिएपछि किसानको मुहारमा चमक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

महोत्तरी,२३ चैत । जिल्लास्थित भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय जलेश्वरले नगरपालिकाको समन्वयमा पावरड्रिल स्यालो ट्युबवेल–बोरिङ जडान कार्य थालेपछि किसानको मुहारमा चमक बढेको हो । आफ्ना खेत गरामा सिँचाइ सुविधाका लागि बोरिङ जडानको काम थालिएपछि मटिहानी नगरपालिकाका किसानको मुहारमा चमक बढेको छ।

- Advertisement -

वडा नं ६ मा अहिले एकसाथ १० वटा यस्ता बोरिङ जडानको काम थालिएको छ। ‘पानीबेगर खेती जाँगर मरेका बेला बोरिङ जडानको काम थालिएको छ’, किसान शङ्कर साहले हँसिलो मुद्रामा भने, ‘अब बल्ल हामी किसानका लागि केही हुँदैछ भन्ने आश जागेको छ।’

यहाँ जडान थालिएका १० वटा बोरिङले ५० बिघा खेतमा सिँचाइ सुविधा पुर्‍याउने भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ।

- Advertisement -

भारतसँग सीमा जोडिएको उक्त नगरपालिकाका मटिहानी, ढेकाहा, वर्दाहा, आवर, धिरापुर र सिमरदही तरकारी उत्पादनका उर्बर ठाउँ मानिन्छन् तर, खेतीका लागि मुख्य कुरा सिँचाइ नै नहुँदा अपेक्षित उत्पादन लिन नसकेको किसानको गुनासो रहँदै आएको छ। मटिहानीमा बोरिङ जडानको काम प्रदेश नं २ सरकारको कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत थालिएको र यसले अब निरन्तरता पाउने नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन्।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले किसानको खेतका गरागरामा पानी पुर्‍याउने नीति अघि बढाएसँगै स्थानीय पहलकदमी पनि बढेको हुँदा सिँचाइसम्बन्धी कार्यक्रम विस्तार हुँदै जाने नगरप्रमुख मण्डलको भनाइ छ।

अहिले बोरिङ जडान थालिएको क्षेत्रमा १०० भन्दा बढी किसानले सिँचाइ सुविधा पाउने भएका छन्।

२/४ कठ्ठा जग्गामा भएका गरिब किसानले अब सिँचाइ सुविधा पुगेपछि तरकारी खेतीबाट अपेक्षित उत्पादन लिन सक्ने र जीवनमा सुधार आउने मण्डलको भनाइ छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार