मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

माओवादी छाडेका मन्त्रीको सांसद पद खोसियो

  • 2
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२३ चैत । माओवादी केन्द्रबाट निर्वाचित प्रदेश १ का प्रदेश सभा सदस्य टंक आङ्बुहाङलाई सांसद पदबाट मुक्त गर्ने निर्णय भएको छ ।

- Advertisement -

आङ्वुहाङ माओवादी पार्टी छाडेर एमाले प्रवेश गर्दै प्रदेश मन्त्री समेत बनेका थिए । यसअघि माओवादी केन्द्रले पार्टी त्याग गरेको भन्ने विषयमा स्पष्टीकरण मागेको थियो । उनले समयभित्र स्पष्टीकरण नदिएपछि पार्टीले कारबाही गरेको हो ।

- Advertisement -

माओवादी केन्द्र प्रदेश नं १ प्रदेश सभा संसदीय दलको सिफारिसमा आङ्वुहाङलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका हुन् ।

गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । सांसद पद छाडेर मन्त्री बनेपछि पार्टीले उनलाई कारवाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । उनले आङ्बुहाङलाई कारवाही गरेको पत्र प्रदेश संसद सचिवालयमा सोमबार दर्ता भएको जानकारी दिए ।

उनलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -