बीरगन्ज ,२४ चैत । चर्चित कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा पर्साका एक १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ परेको छ । बहुदरमाइ नगरपालिका ५ बस्ने १४ वर्षीय एकलाई पक्राउ गरिएको छ ।
कलाकार दीपाश्री निरौला र सरोज खनालको अकाउन्ट दुरूपयोग गर्ने १४ वर्षीय किशोरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पक्राउ गरेको हो।
किशोरलाई सोमबार पर्साबाट पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एसपी नविन्द अर्यालले बताए । ह्याकर्सले अकाउन्टको दुरुपयोग गर्दै फेसबुकबाट म्यूचल फ्रेन्डलाई पैसा मागेको थाहा पाएपछि सरोज र दीपाश्रीले केही दिनअघि मात्रै साइबर ब्यूरोमा उजुरी दिएका थिए । खनालको अकाउन्टबाट त ह्याकर्सले २५ हजार नै ठगिसकेको खनालले बताए ।
उनी दुई जनाको अकाउन्टबाट ह्याकर्सले ८० देखि एक लाखसम्मको रकम माग्दै आएका थिए ।
किशोरलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिमको कसुर बमोजिम अनुसन्धान गरिरहेको साइबर ब्यूरोले विज्ञप्तीमार्फत जनाएको छ ।