मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

पर्सामा १३ जना कोरोना संक्रमित पुष्टि

  • 43
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२४ चैत । बीरगन्जमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । बीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणको क्रममा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

- Advertisement -

बीरगन्जकाे नारायणी अस्पतालमा ल्याइएको ३५ जनाको स्वाब परीक्षण गर्दा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल बीरगन्जका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।

- Advertisement -

संक्रमण पुष्टि हुनेहरूमा बीरगन्ज महानगरपालिका वडा नम्बर १३ मा २३, २५, २६, ३८ वर्षीय पुरुष, वडा नम्बर १० मा ३१ वर्षीय पुरुष, वडा नम्बर ६ मा २२, ४० वर्षीय पुरुष, वडा नम्बर ५ मा २०, २५, ३७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको डा. दासले जानकारी दिनुभयो ।

त्यसै गरी, बाराको परवानीपुर वडा नम्बर ५ मा ३३ वर्षीय पुरुष, करैयामाई गाउँपालिका वडा नम्बर ५ मा २७ वर्षीय पुरुष र सर्लाहीको लालवन्दी नगरपालिका वडा नम्बर ९ मा ७० वर्षीय महिला समेत संक्रमण पुष्टि भएको डा.दासले जानकारी दिनुभयो ।

संक्रमितहरुको सिटी भ्यालु १५ देखि ३० सम्म रहेको डा. दासले बताउनुभयो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -