मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

बीरगन्जमा पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

  • 13
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

 

- Advertisement -

बीरगन्ज,२५ चैत । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि ४ बजेसम्म बीरगन्जमा मतदान सुरु भएको हो ।

- Advertisement -

देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले तीन वर्षे कार्यकालका लागि आफ्नो नेता चुन्ने छन् । बीरगन्जमा निर्वाचनमा २ वटा प्यानलबाट उम्मेदवारी परेको छ । प्रेस चौतारी र प्रेस संगठन, मधेशी पत्रकार समाज, प्रेस मञ्च र प्रेस युनियनको गठबन्धन गरी २ वटा प्यानल निर्वाचनमा उत्रिएका हुन् । जसअन्र्तगत विभिन्न १५ पदका लागी ५९ जनाले मनोनयन दर्ता गराएका छन् ।

अध्यक्ष पदको उम्मेदवारमा प्रेस चौतारीबाट अनुप तिवारी र ४ संगठनको गठबन्धनबाट रितेश त्रिपाठी उम्मेदवार बनेका छन् । उपाध्यक्षका लागि प्रेस चौतारीबाट युबराज खड्का, गठबन्धनबाट राघव साह र शेखर बहादुर क्षेत्री (छतकुली) उम्मेदवार बनेका छन् ।

यस्तै महिला उपाध्यक्षका लागि गठबन्धनबाट निलिमा पौडेल र प्रेस चौतारीबाट सुष्मा शर्मा उम्मेदवार बनेका छन् । सचिबको लागि गठबन्धनबाट क्रान्ती साह र चौतारीबाट भुषण यादव उम्मेदवार बनेका छन् ।

गठबन्धनबाट मनोज कुमार पटेल, स्वतन्त्रबाट सुरेश बिडारी र चौतारीबाट जियालाल साहले सह–सचिबमा उम्मेदवार बनेका छन् । भने समावेशी सहसचिवमा जितेन्द्र साह र अमित कुमार साह उम्मेदवार बनेका छन् ।

कोषाध्यक्षको पदमा संजिव कुमार मिश्र र गठबन्धनबाट निरज पिठाकोटे मगर उम्मेदवार बनेका छन् । महिला सदस्यमा कविता खड्का र बिमला गुप्ता उम्मेदवार बनेका छन् । दलित सदस्यमा छेदीराम (सुवाष) राम निर्विरोध निर्वाचित भएका छन् ।

 

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -