मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

न्युयोर्कको भवनमा भीषण आगलागी, २१ जना घाइते

  • 1
    Share

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । अमेरिकाको न्युयोर्कस्थित क्वीन्समा रहेको एक भवनमा मंगलवार भीषण आगलागी हुँदा २१ जना घाइते भएका छन् । ३५० भन्दा बढी अग्निनियन्त्रक आगो निभाउनका लागि खटिएका थिए ।

- Advertisement -

घाइते हुनेमा १६ जना अग्निनियन्त्रक र ५जना सर्वसाधारण रहेको फायर डिपार्टमेन्ट अफ न्युयोर्कका डेपुटी असिस्टेन्ट चीफ माइकल गालाले बताए । कसैलाई पनि गम्भीर चोटपटक भने लागेको छैन ।

- Advertisement -

उक्त भवनमा १५० वटा अपार्टमेन्ट छन् । आगोका कारण लगभग २४० जना विस्थापित भएको गालाले बताए । रेडक्रसले विस्थापित परिवारलाई सहायता गरिरहेको छ । आगो ६ तल्लामा रहेको एक अपार्टमेन्टबाट शुरू भएको थियो । त्यसपछि त्यो क्रमशः माथिका तल्लाहरूमा चढ्दै गयो ।

आगो लागेको अपार्टमेन्टका मानिस ढोका खोलेर भागेपछि आगो फैलिएको बताइएको छ । आगोले भवनको एक भाग पूरै क्षतिग्रस्त पारेको छ ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -