मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

नेपाल पत्रकार महासंघको निर्वाचन : जिल्ला कार्यसमितिको मतगणना सुरु, अबेर रातिसम्म परिणाम आईसक्ने

  • 6
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २५ चैत । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ । बिहान ९ बजेदेखि बीरगन्जमा सुरु भएको मतदान दिउँसो ५ बजे सम्पन्न भएको हो । केही बेर अघिदेखि सुरु भएको मतगणनाको मतपरिणाम आजै अबेररातिसम्म आईसक्ने जनाइएको छ ।

- Advertisement -

जिल्ला कार्यसमितिका १ सय ४० जनाले मतदान गरेका छन् । केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान एको हो । मतदानका लागि अपराह्न चार बजेसम्मको समय तोकिएको भएपनि एक जना मतदाता समयमा नआएका कारण मतदान साँझ ५ बजे मात्र सकिएको थियो । यसपटक इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको नेतृत्व चयन हुँदैछ ।

- Advertisement -

देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले तीन वर्षे कार्यकालका लागि आफ्नो नेता चुन्ने छन् । बीरगन्ज निर्वाचनमा २ वटा प्यानलबाट उम्मेदवारी परेको छ । प्रेस चौतारी र प्रेस संगठन, मधेशी पत्रकार समाज, प्रेस मञ्च र प्रेस युनियनको गठबन्धन गरी २ वटा प्यानल निर्वाचनमा उत्रिएका हुन् । जसअन्र्तगत विभिन्न १५ पदका लागी ५९ जनाले मनोनयन दर्ता गराएका छन् ।

अध्यक्ष पदको उम्मेदवारमा प्रेस चौतारीबाट अनुप तिवारी र ४ संगठनको गठबन्धनबाट रितेश त्रिपाठी उम्मेदवार बनेका छन् । उपाध्यक्षका लागि प्रेस चौतारीबाट युबराज खड्का, गठबन्धनबाट राघव साह र शेखर बहादुर क्षेत्री (छतकुली) उम्मेदवार बनेका छन् ।

यस्तै महिला उपाध्यक्षका लागि गठबन्धनबाट निलिमा पौडेल र प्रेस चौतारीबाट सुष्मा शर्मा उम्मेदवार बनेका छन् । सचिबको लागि गठबन्धनबाट क्रान्ती साह र चौतारीबाट भुषण यादव उम्मेदवार बनेका छन् ।

गठबन्धनबाट मनोज कुमार पटेल, स्वतन्त्रबाट सुरेश बिडारी र चौतारीबाट जियालाल साहले सहसचिबमा उम्मेदवार बनेका छन् । भने समावेशी सहसचिवमा जितेन्द्र साह र अमित कुमार साह उम्मेदवार बनेका छन् ।

कोषाध्यक्षको पदमा संजिव कुमार मिश्र र निरज पिठाकोटे मगर उम्मेदवार बनेका छन् । महिला सदस्यमा कविता खड्का र बिमला गुप्ता उम्मेदवार बनेका छन् । दलित सदस्यमा छेदीराम (सुवाष) राम निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी आदीवासी जनजाती सदस्यमा २ जना, मधेशी सदस्यमा ३ जना, अन्य समावेश सदस्यमा २ जना र अन्य सदस्यमा १३ जना उम्मेदवार बनेका छन् । केन्द्रिय परिषद सदस्यमा ८ जना, प्रदेश परिषद सदस्यमा १५ जना उम्मेदवार बनेका छन् ।

यसै गरी केन्द्रका अध्यक्ष पदका लागि केन्द्रमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा छन् ।

शर्मा प्रेस चौतारी (केपी ओली समूह) सहितको गठबन्धनबाट उम्मेदवार छिन् । उनीहरुबीच कडा टक्कर हुने अनुमान छ । अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकी पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम र महिला उपाध्यक्षमा बाला अधिकारी उम्मेदवार छन् । रोशन पुरी महासचिवको उम्मेदवार छन् । यो प्यानलबाट सचिव पदमा गोविन्द चौलागाई (खुल्ला), पवन आचार्य (एशोसिएट), सिर्जना अर्याल (महिला), नारायण किलम्बु (आदिवासी जनजाती), दिपेन्द्र चौहान (मधेसी), हेमकर्ण विक (दलित) उम्मेदवार छन् । यसैगरी कलेन्द्र सेजुवाल कोषाध्यक्ष र लेखनाथ न्यौपाने लेखा संयोजकमा उम्मेदवार बनेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -