कलैया, २५ चैत । बाराको २ छुट्टाछुट्टै ठाउँबाट १५ किलोग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको पचरौता नगरपालिका वडा नं ३ भठ्ठी बैरिया टोलबाट १४ किलो र निजगढ नगरपालिका वडा नं १३ चुहार टोलबाट १ किलो गरि १५ किलो लागुऔषध गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।
अस्थायी प्रहरी पोष्ट पथलवाघाटबाट खटिएको प्रहरीको टोलिले पचरौताबाट १४ किलो गाँजा सहित स्थानिय मंगनी मुखियालाई पक्राउ गरेको जनाएको छ । मंगलबार प्लाष्टिकको बोरामा लुकाई छिपाई कलैयातर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यता, अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीको टोलिले बुधबार १ किलो गाँजासहित निजगढ भक्तलाल टोल निवासी अवि वाईबालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएको छ ।