बीरगन्ज, २५ चैत । पर्साकाे बीरगन्जस्थित नारायणी अस्पतालमा गरिएकाे पीसीआर परीक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार ३४ जनाको स्वाब परीक्षण गर्दा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल बीरगन्जका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी गराए ।
पर्सा १ जना, बारामा १३ जना र मकवानपुरका १ जना गरि १५ जनामा कोरोनाभाइरस को संक्रमण पुष्टि भएको हाे ।
संक्रमित हुनेहरूमा बीरगन्ज महानगरपालिका वडा नम्बर ४ निवासी ४० बर्षीया महिला, मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नम्बर ६ निवासी २२ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ भने बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० मा ५, ८, २३, २८, ६४ वर्षीय महिला र १४, २७, ६८ र ४० वर्षीय पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसै गरी बाराकै करैयामाई गाउँपालिका वडा नम्बर ७ मा २५ वर्षीय पुरुष, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा २० वर्षीय महिला, वडा नम्बर २ मा २७ वर्षीय पुरुष, बाराकै महागढीमाई नगरपालिका वडा नम्बर १ मा ४५ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको डा.दासले बताए ।
सङ्क्रमितहरूको सिटी भ्यालु १५ देखि ३५ सम्म रहेको डा. दासले जनाएका छन् ।