शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
18.1 C
Kathmandu
25.5 C
Birgunj

जनमत पार्टीको अध्यक्षमा डा. सिके राउत निर्विरोध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । जनमत पार्टीको प्रथम अधिवेशनले अध्यक्षमा डा. सिके राउतलाई चयन गरेको छ । १ हजार ३ सय २ मत प्रदान गर्दै सर्वसम्मत रुपमा शनिबार उनी अध्यक्ष पदका लागि चयन भएका हुन्।

- Advertisement -

निर्वाचनबाट उपाध्यक्ष पदमा मोहम्द अब्दुल खान, ई. बसन्त कुशवाहा, ई. दीपक कुमार साह र ई. नरेन्द्र प्रसाद चौधरी विजयी भएका छन् ।

महासचिवमा सर्वसम्मत रुपमा चन्दन कुमार सिंह छनोट भएका छन् । त्यस्तै, केन्द्रीय सदस्यहरुमा रौतहटका डा. सुवन्त कुमार कुशवाहा र ललिचतचन्द्र मल्लिक, सिरहाका संजय कुमार यादव र रामकुमार यादव, रुपन्देहीका भोगेन्द्र प्रसाद यादव, सुनसरीका भवानी महतो र सिताराम पण्डित, सप्तरीका सुरेन्द्र शर्मा र मदनेश कुमार चौधरी, सर्लाहीका नरेश प्रसाद कुशवाहा र राजेन्द्र राय, महोत्तरीका बिरेन्द्र महतो र संजय कुमार यादव निर्वाचित भएका छन् ।

- Advertisement -

यसैगरी नवलपरासीका बालगोबिन्द चौधरी, धनुषाका इन्द्रजीत यादव र डा. विनय कुमार पंजियार, बाराका ओमप्रकाश साह र सुनिल कुमार यादव, बाँकेका विष्णु प्रसाद यादव र इरफान अहमद शेख, रुपन्देहीका रामकेश गुप्ता, मोरङका परमेश्वर मुर्गु, कपिलवस्तुका योगेन्द्र चौधरी सदस्य पदमा निर्वाचित भएका छन् ।

 

महिला सदस्यतर्फ सिरहाकी अनिता कुमारी मण्डल, धनुषाकी अनितादेवी साह, महोत्तरीकी अन्जनीदेवी मण्डल, सप्तरीकी बविता कुमारी राउत र जुलेखा विवी, सुनसरीकी आशा कुमारी मेहता, दाङकी राधा कुमारी यादव र झापाकी कौशिला देवी महतो निर्वाचित भएका छन् ।

निर्वाचनमा ४५ सय जनाले मतदान गरेका थिए । उपसचिव, सचिव र गैरआवासीय मधेसी संघतर्फ भने पदाधिकारी चयन गरिएको छैन ।

जनमत पार्टीभित्र डा. सिके राउतसँगै दुई जना डाक्टर रहेको देखिन्छ भने ८ जना महिला रहेका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार