शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

नेपाल सुपर लिग : उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, ३० चैत । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल)को मिति लम्बिएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले सोमबार खेलतालिका सार्वजनिक गर्दै एनएसएल २०७८ वैशाख ११ देखि जेठ १ गतेसम्म हुने जनाएको छ ।

- Advertisement -

७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने लिग यसअघि बैशाख ११ देखि २५ गतेसम्म हुने तय थियो । तर अब लिगको मिति एक साता थप भएको छ ।

लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसी भिड्ने भएका छन् । खेल दशरथ रंगशालामा बैशाख ११ गते साँझ ५:३० बजे सुरु हुनेछ । राष्ट्रिय टिमका गोलकिपर विकेश कुथु काठमाडौंको मार्की खेलाडीको रुपमा छन् । यस्तै अन्जन विष्ट ललितपुरको मार्की खेलाडी हुन् । पहिलो दिन एक खेल मात्र हुनेछ ।

- Advertisement -

लिगमा काठमाडौं र ललितपुरसँगै विराटनगर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् । खेल सिंगल राउण्ड रोविन लिगमा हुनेछ ।

आयोजकले सार्वजनिक गरेको खेलतालिका अनुसार लिगको पहिलो र दोस्रो हुने टिमबीच प्लेअफ हुनेछ । त्यसको विजेता फाइनल पुग्नेछ । यस्तै तेस्रो र चौथो हुनेबीच अर्को प्लेअफ हुनेछ र त्यस खेलको विजेताले पहिलो प्लेअफको पराजित हुनेसंग फाइनल पुग्नका लागि खेल्नेछ ।

फाइनल खेल जेठ १ गते हुनेछ । लिगमा कूल २५ खेल हुनेछ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार