आइतवार, बैशाख २६, २०७८

17 C
Kathmandu
25.6 C
Birgunj

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

  • 8
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दै छ । बालुवाटारमा आज बिहान ११ बजे बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

- Advertisement -

थापाका अनुसार कोरोना भाइरसको महामारी र समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो । यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीबीच टेलिफोन वार्ता भएको छ । सर्वदलीय बैठकका सन्दर्भमा कुरा गर्न दाहालसँग फोन वार्ता भएको बताइएको छ ।

- Advertisement -

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाइएको बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने थापाले बताउनुभयो ।

पछिल्ला दिनमा कोरोना महामारी बढ्दै गएपछि सरकारले १४ जिल्लालाई अति प्रभावित घोषणा गरेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -