आइतवार, बैशाख २६, २०७८

17 C
Kathmandu
25.6 C
Birgunj

बारामा फेरि बढ्न थाले काेराेना संक्रमित,स्थानीय तह मिलेर खरिद गरेको पिसिआर मेसिन थन्किएको अवस्थामा ः जिप्रका माैन

  • 28
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कलैया,५ वैशाख । नेपालमा दोस्रो चरण को कोरोना संक्रमण बढ्दो क्रममा छ । संक्रमण फैलन नदिन हरेक दिन स्वास्थ्य मन्त्रालय ले अपिल गर्दै छ । तर प्रदेश २ को बारा मा प्रशासन को सक्रियता देखिएको छैन ।

- Advertisement -

जिल्ला प्रशासन कार्यालय बारा को प्रमुख को संयोजक मा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (DCCMC) छ । तर उक्त DCCMC को निर्णय प्रभावकारी देखिएको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय बारा का निमित्त प्रमुख रामनरेश यादव का अनुसार जिल्ला मा शुन्य रहेको संक्रमितकाे संख्या चैत ६ गते यता ३२ जना पुगेका छन् ।

- Advertisement -

यसमा संक्रमित अधिकांस भारत बाट आएका छन् । ३२ जना संक्रमित मध्ये ६ जना अस्पताल, १९ जना होम आइसोलेसन मा छन भने ६ जना डिस्चार्ज भएर घर फर्कीसकेका छन् । यस्तै चैत ३१ गते नारायणी अस्पतालमा उपचारको क्रममा जिल्ला को जीतपुर सिमरा उपमहानगरपालिका-९ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । संक्रमित शुन्य ले ३९ वटा पुगेको मा यसले नाका मा एन्टिजेन परिक्षण प्रभावकारी नभएको बुझिन्छ ।३२ जना संक्रमित रहेको जिल्ला मा आज थप ७ जना मा पुष्टि भए पछी चैत यता ३९ जना पुगेको छ ।

आज संक्रमण पुष्टि भएका मध्ये जितपुरसिमरा उपमहानगरपालिकाका २ जना, कलैया उपमहानगरपालिकाका २ जना, करैयामाई गाउँपालिकाका १ जना, फेटा गाउँपालिकाका १ जना, परवानीपुर गाउँपालिकाका १ जना रहेका छन् ।बारा का प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल संग बुझ्दा उनले भने, “जिल्ला को दुई वटा नाका कलैया उपमहानगरपालिका मा रहेको मटिअर्वा नाका र सिम्रौनगढ नाका मा हामीले हेल्थ डेस्क राखेका छौ “।

पिसिआर मेसिन सन्चालन कहिले हुने हो , जिल्ला कोभिड -१९ संकट ब्यवस्थापन ले के गर्दै छ ?

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल
भन्छन् , “पिसिआर मेसिन सन्चालन को लागि हामी ले प्रदेश सरकार संग जनशक्ति माग गरेका छौ । प्रदेश सरकार ले जनशक्ति उपलब्ध गरायो भने हामी चाडै नै संचालन गर्छौ ” ।

गत चैत १० गते जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिले सक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टिन , आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राखी स्वास्थय केन्द्रहरुवाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक तयारी गर्न र बारा को सिमानाकावाट आउने यात्रुहरुको आवतजावतलाई व्यवस्थित गरी अनिवार्य रुपमा अभिलेख राख्ने र नेपाल प्रवेश गर्ने यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराएर मात्र प्रवेश गर्न दिने निर्णय गरे पनि करिब एक महिना हुन लाग्दा निर्णय को प्रभावकारी कार्यन्वन भएको छैन । जिल्ला मा रहेका अरु सिमानाका को त कुरै छोडौ मटिअर्वा र सिम्रौनगढ मा १० देखि ५ बजे सम्म स्वास्थ्यकर्मी बस्छन् तर भारत बाट नेपाल आउने मानिस निर्वात रुपमा आउँने गरेको पाइएको छ ।

बिहिवार मात्रै सरकारले बारा जिल्ला लाई कोरोना अति प्रभावित सूचीमा राखेको छ । सरकारले विद्यालय र भिडभाड हुने ठाउँमा नजान समेत अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले जारी गरेको सूचनामा विद्यालय, रात्रि व्यवसाय, रेस्टुरेन्ट तथा क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा–सम्मेलन, बैठक, भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, जस्ता भिडभाड हुने ठाउँमा सहभागी नहुन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेको छ ।यता जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाराको बैठकले अनिवार्य मास्क को प्रयोग गर्न निर्णय गरे को कागज मै सिमित रहेकोे पाइएको छ ।हुन त नागरिक अहिले को अवस्था मा अफै संबेदनशिल हुनु पर्ने हो तर स्वास्थ्य को प्रोटोकोल पालना गराउने प्रशासन को भएको ले गम्भीर ध्यान हुन जरुरी देखिन्छ ।

बारा मा रहेको स्थानीय तह मिलेर खरिद गरेको पिसिआर मेसिन थन्किएको अवस्थामा, जिम्मेवारी लिएको कलैया उपमहानगरपालिका मौन ?

बारा मा रहेको १६ वटा स्थानीय तह मध्ये अधिकांस स्थानीय तहको आर्थिक लगानीमा करिब ६ महिना अघि खरिद गरिएको पीसीआर मेसिन थन्किएको अवस्थामा छ । पिसिआर मेसिनको ८५ लाख, जेनेरेटर र कम्प्युटरसहित १ करोड खर्चमा जिल्ला को अधिकांस स्थानीय तह को आर्थिक सहयोग मा उपमहानगरपालिकाले एक पटकमा ९६ जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमताको उक्त मेसिन खरिद गरेको थियो ।

मेसिन खरिदपछि ११ जना प्राविधिक र कर्मचारीसमेत कलैया उपमहानगरपालिकाले नियुक्त गरे पनि सञ्चालनका लागि माथिल्लो निकायमा पत्राचार गरे पनि कुनै अनुमति नआएको भन्दै उनिहरु लाई हटाइयो ।अहिले कोरोना को दोस्रो संक्रमण बढे पछी पिसिआर मेसिन संचालन ल्याउन बारा का सबै स्थानीय तह को ध्यानाकर्षण हुन जरुरी छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -