शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
18.1 C
Kathmandu
25.5 C
Birgunj

बीरगन्जः एन्टिजेन प्रविधिबाट कोरोना संक्रमण पुष्टि भएका ४ जनामध्ये,१ संक्रमित फरार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,५ वैशाख । बीरगन्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा आइतबार एन्टिजेन प्रविधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका ४ जनामध्ये १ संक्रमित फरार छन् ।

- Advertisement -

शंकास्पद ५३ जनाको स्वाब लिने क्रममा स्वाब दिएका ती युवक परीक्षणको रिपोर्ट नआउँदै फरार भएका हुन् । स्वाब संकलनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी व्यस्त रहेको मौका छापेर ती युवक फरार भएका हुन् । आइतबार ५३ जनाको स्वाब नमूना लिएर हेल्थ डेस्कमै एन्टिजेन परीक्षण गरिएको थियो ।

परीक्षणको रिपोर्ट आधा घण्टामै आएको थियो । हेल्थ डेस्कमा खटिएका अहेब सैनुल्लाह अन्सारीका अनुसार, रिपोर्ट आएपछि संक्रमण भेटिएका ४ मध्ये वीरगन्जका गुप्ता थर भएका ती युवकलाई सुरक्षाकर्मीले खोजिनीति गरे । तर उनी त्यहाँ फेला परेनन् । उनको मोबाइल स्वीच अफ गरिएको छ ।

- Advertisement -

फरार भएका संक्रमित युवकको खोजी भइरहेको नाकास्थित इनर्वा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक पूर्णप्रसाद दाहालले बताए । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी सैनुल्लाह अन्सारीले भने,‘ जनशक्ति थोरै छ , हेल्थ डेस्कमा ल्याबको प्राविधिक १ जना मात्रै छन् , त्यसैले पनि परीक्षण गर्न समय लाग्छ , मानिस रिपोर्ट नै नआइ भागिदिने गर्छन् । ‘

भरतीय संक्रमितलाई भने सीमावर्ती भारतीय प्रहरीको जिम्मा लगाएर भारततर्फ नै फर्काउने गरिएको अन्सारीले बताए । अन्सारीका अनुसार , नाकाको हेल्थ डेस्कमा , लामो समय भारतमा बसेर फर्किने नेपाली , भारतको भित्री भागबाट आउने भारतीय र शंकास्पद व्याक्तिहरुको मात्रै एन्टिजेन प्रविधीबाट कोरोना जाँच गर्ने गरिएको छ । भारतबाट आउने अन्यलाई भने थर्मलगनबाट तापक्रम मात्र नापेर बीरगन्ज प्रवेश गर्न दिइएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार