शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
25.1 C
Kathmandu
34.8 C
Birgunj

प्रदेश नं २ को नामकरण र स्थायी राजधानीका लागि दुई वटा प्रस्ताव दर्ता

सिफारिस

जनकपुरधाम, वैशाख ५ । प्रदेश नम्बर २ को नामकरण र स्थायी राजधानीका लागि नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

- Advertisement -

प्रदेशको नामकरण र स्थायी राजधानीका लागि दुई/दुई वटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

नामकरणका लागि जसपाका प्रदेशसभा सदस्य शैलेन्द्र कुमार यादव र माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत प्रसाद साह तथा राजधानीका लागि जसपाका प्रदेशसभा सदस्य परमेश्वर साह तथा माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत प्रसाद साहले प्रस्ताव दर्ता गराएको सचिव यादवले बताएका छन् ।

- Advertisement -

दुबै दलका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम ‘मधेश’ र स्थायी राजधानी ‘जनकपुरधाम’ कायम हुने गरी सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

जसपाको तर्फबाट राजधानी ‘जनकपुरधाम’ को सवालमा परमेश्वर साहको प्रस्तावमा प्रदेशसभा सदस्यहरु चमेली देवी दास, सञ्चमाया मोत्तान र मिरा कुमारी साहले समर्थन जनाएका छन् भने नामकरण ‘मधेश’ प्रदेशको सवालमा शैलेन्द्र कुमार यादवको प्रस्तावमा प्रदेशसभा सदस्यहरु रानी कुमारी तिवारी र बबिता कुमारीले समर्थन जनाएका छन् ।

त्यस्तै, नेकपाको तर्फबाट राजधानी ‘जनकपुरधाम’ र नामकरण ‘मधेश’ प्रदेशको सवालमा संसदीय दलका नेता भरत प्रसाद साहले दर्ता गराएको प्रस्तावमा प्रदेशसभा सदस्यहरु जगत प्रसाद यादव र दिलिप कुमार साहले समर्थन जनाएका छन् ।

प्रदेश २ सरकारले प्रदेशको नाम र राजधानी तोक्न नसकेको भन्दै कडा आलोचना भइरहेको समयमा प्रदेश सभाले बैशाख २ गते प्रदेशको नाम र राजधानीका लागि बैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रदेशको नामकरण र स्थायी राजधानी तोक्नेसम्बन्धी प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले एक सूचना जारी गर्दै प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउन आह्वान गरेका हुन् । सचिव यादवले जारी गरेको सूचनामा प्रदेशको नामकरणको सवालमा नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नामकरण प्रदेश सभाको दुई तिहाई बहुमतबाट हुने भएकाले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ ख. को उपनियम (२) बमोजिम प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सभा सदस्यले सोही नियमावलीको अनुसूची ३ (ख) बमोजिम वैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा दर्ता गराउन सूचना प्रकाशन गरिएको उल्लेख छ ।

त्यस्तै, राजधानीको सवालमा नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम प्रदेशको राजधानी प्रदेश सभामा तत्काल कायम रहेको दुई तिहाई बहुमतबाट हुने भएकाले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ क. को उपनियम (२) बमोजिम प्रदेशको राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सभा सदस्यले सोही नियमावलीको अनुसूची ३ (क) बमोजिम वैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा दर्ता गराउन सूचना प्रकाशन गरिएको छ ।

यसअघि विसं २०७६ साल चैत ४ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सचिवालयले गरेको प्रयास असफल भएको थियो । प्रदेश सभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि मतदान भएको थियो । तर नाम र राजधानीका लागि दर्ता गराइएका प्रस्तावहरू मध्ये कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाई मत आउन सकेको थिएन ।

यसअघिको नाम र राजधानीका लागि तत्कालीन समाजवादी पार्टी र राजपाले प्रदेशको नाम मधेस प्रस्ताव गरेको थियो । नेपाली कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव दर्ता गराएको थियो भने कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर साहले मध्य मधेस नाम प्रस्ताव दर्ता गराएका थिए । तत्कालीन नेकपाले प्रदेशको नाम जानकी प्रस्ताव गरेको थियो ।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार