आइतवार, बैशाख २६, २०७८

17 C
Kathmandu
25.6 C
Birgunj

पर्साका युवा नेता विजय यादव तथा रादजका नेता तेजप्रताप यादव बिच पटनामा भेटघाट

  • 160
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,६ बैशाख – पर्साका युवा नेता विजय यादवले राष्ट्रिय जनता दलका प्रभावशाली नेताहरुसंग विहारको पटनामा राजनितिक भेटघाट गरेका छन । राष्ट्रिय जनता दलको कार्यालय विहारको पटनामा पुगेर राजदका नेता तथा विधायक तेजप्रताप यादव लगायतका नेताहरुसंग यादवले भेटघाट गरेका हुन ।

- Advertisement -

भेटमा विशेष गरेर सिमाका समस्या तथा कोरोना माहामारी लगायत राजनितिक बिषयमा छलफल भएको भेटघाटमा सहभागी युवा नेता मनोज कुमार यादवले बताए ।

- Advertisement -

युवा नेता यादवले भेटघाटमा चारा घोटाला कान्डमा जेलमा रहेका पुर्व मुख्यमन्त्री लालु प्रसाद यादवको रिहाई प्रति शुभकामना समेत व्यक्त गर्नुभयो । भेटमा राजदका नेता तथा विधायक तेजप्रताप यादवले नेपाल र भारतबीच बेटीरोटीको सम्बन्ध सुमधुर राख्न आफनो पार्टी गम्भीर हरको बताएका थिए । सिमान्चलका कुनै जनतालाई समस्या भए आफुहरु सदनमा आवाज समेत उठाउने बाचा गरेको युवा नेता यादवले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -