आइतवार, बैशाख २६, २०७८

17 C
Kathmandu
25.6 C
Birgunj

पर्सामा विवाह–व्रतबन्धका लागि सिडियोको पूर्व–स्वीकृति आवश्यक, पूर्व निर्धारित परीक्षा स्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्ने

  • 13
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ७ बैशाख – जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना संक्रमण थप फैलिन नदिन नेपाल सरकारले जारी गरेको स्वास्थ्यका सबै मापदण्ड पालना गर्न र गराउन सबै जिल्लाबासीलाई आग्रह गरेको छ । संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम नेपाल सरकारले जारी गरेको सम्पूर्ण आदेशहरु पालन गर्न र गराउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले पालना नगरे प्रचलित कानुन बमोजिम कारवाही हुने जनाएको छ ।

- Advertisement -

मंगलबार जारी गरिएको सूचनामा विवाह तथा व्रतबन्धका जस्ता अत्यावश्यक परम्परागत धार्मिक तथा साँस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्नका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीसँग पूर्व स्वीकृति लिनुपर्ने उल्लेख छ । यस्तै, विवाहका लागि पार्टी प्यालेस प्रयोग गर्नु पर्ने भएमा प्रमुख जिल्ला अधिकारीसँग पूर्व स्वीकृति लिनुपर्ने जनाइएको छ ।

- Advertisement -

यसैगरी, बैशाख मसान्तसम्म सम्पूर्ण शैक्षिक संस्था भौतिक रुपमा बन्द गर्दै पुनः भर्चुअल वा वैकल्पिक शिक्षण सिकाईका विधिहरु अपनाउदैं पठनपाठन गर्न आग्रह गरेको छ । पूर्व निर्धारित परीक्षाहरु भने जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्ने प्रशासनले जनाएको छ ।

त्यसैगरी, कार्यालय, बैङ्क तथा वित्तीय संस्था र पसल जस्ता सार्वजनिक स्थलमा सेनिटाईजर र मास्कको अनिवार्य रुपमा प्रयोग गर्ने, मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा दश रुपैयाँ लिई मास्क उपलब्ध गराउनु पर्ने, मास्क नलगाउने व्यक्तिलाई कार्यालय तथा पसलमा प्रवेश गर्न नदिने, होटेल तथा रेष्टुरेन्टले बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म जनस्वास्थ्यको मापदण्ड पालना गरेर सञ्चालन गर्ने लगायत निर्देशनहरु दिएको छ ।

त्यस्तै सिनेमा हल, पार्टी प्यालेस, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम बैशाख मसान्तसम्म नगर्न, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बैशाख मसान्तसम्म नित्य, पूजा बाहेक भिड जम्मा हुने वा भेला हुने कुनै पनि कार्यक्रम नगर्न, मेला, महोत्सव, विवाह, न्वारान, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा साँस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा पच्चिस जना भन्दा बढी भेला जम्मा नहुन र जनस्वास्थ्यका मापदण्डको पालना गरी मात्र सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको छ ।

निर्देशित गरिएको आदेश विपरित गएको पाईएमा संक्रामक रोग ऐन, २०२०, स्थानीय प्रशासन ऐन, २०२८ तथा अन्य प्रचलित कानून बमोजिम कारवाही समेत गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -