आइतवार, बैशाख २६, २०७८

17 C
Kathmandu
25.6 C
Birgunj

७ वर्षीय बालिकालाई बलात्कार गर्ने बीरगन्जका ३६ वर्षीय पुरुष पक्राउ

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ७ बैशाख- ७ वर्षीय बालिकालाई बलात्कार गर्ने बीरगन्जका ३६ वर्षीय पुरुषलाई जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार पक्राउ गरेको छ ।

- Advertisement -

पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका वडा नं. २४ निवासी ३६ वर्षीय प्रमोद सर्राफ रहेका छन् । उनलाई प्रहरीले जबरजस्ती करणी सम्बन्धी कसुरमा मंगलबार पक्राउ गरेको जनाएको छ ।

- Advertisement -

बीरगन्ज महानगरपालिका वडा नं. २४ मै डेरा गरी बस्ने ७ वर्षीय बालिकालाई सर्राफले १० रुपैंया दिएर ललाई फकाई आफ्नो घरमा लगेर करणी गरेको आरोप लागेको छ । बलात्कृत बालिकाले आफ्ना अभिभावकलाई घटना सम्बन्धमा बताएपछि पिडितका बुबाले दिएको जाहेरीको आधारमा प्रहरीले सर्राफलाई पक्राउ गरेको हो ।

तीन जना छोराछोरीसहित डेरा गरी बस्दै आएका आमा र बुबा दुवै जना हरेक दिन काम गर्न जाने गर्थे । दिउँसो डेरा कोही नहुने भेउ पाएका सर्राफले बेशाख ६ गते सोमबार आफ्नो कुकर्मलाई अन्जाम दिन ती बालिका ७ वर्षीय बालिकालाई १० रुपैंया दिएर फकाई आफ्नो कोठामा लगेर करणी गरेको बालिकाले बताएको अभिभावकले बताएका छन् ।

जबरजस्ती करणी सम्बन्धी कसुरमा पक्राउ परेका सर्राफ र घटनाको सम्बन्धनमा थप अनुसन्धान भईहरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -