आइतवार, बैशाख २६, २०७८

17 C
Kathmandu
25.6 C
Birgunj

थप एक संक्रमतिको मृत्यु

  • 1
    Share

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ७ बैशाख । कोरोना संक्रमणको पुष्टि भएका थप एक जनाको मृत्यु भएको छ ।

- Advertisement -

कोरोनाको संक्रमणको पुष्टि भएका बीरगन्ज महानगरपालिका वडा नं. १४ निवासी ५७ वर्षीय वृद्धको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । उनको बीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार चलिरहेको थियो । ती वृद्धको मंगलबार बिहान १२ बजेर ४८ मिनेटमा उपचारको क्रममा मृत्यु भएको डा. दासले बताए ।

- Advertisement -

उनी गत चैत २८ गते सो अस्पतालमा भर्ना भएका थिए । भारतबाट फर्किएका उनीमा स्वास्थ्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

उपचारको क्रममा वृद्धमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि थ्रोट स्वाबलाई आरटी–पिसिआर प्रविधिबाट परिक्षण गर्दा सोही दिन सङ्क्रमण पुष्टि भएको डा. दासले बताए ।

लामो समयदेखि मुटु सम्बन्धी रोगबाट पिडित उनको अस्पतालमा रहेको आइसियू वार्डमा अक्सिजन सपोर्टमा राखेर उपचार गर्दा गर्दै मृत्यु भएको डा. दासले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -