आइतवार, बैशाख २६, २०७८

17 C
Kathmandu
25.6 C
Birgunj

राहतमा कुनै अनियमितता नभएको दाबी

  • 1
    Share

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगञ्ज, ७ बैशाख – पर्साको पोखरिया नगरपालिकामा विवादित बनेको राहत वितरण कुनै अनियमितता नभएको दिब्य युवा क्लबले दाबी गरेको छ ।

- Advertisement -

राहत वितरणमा अनियमितता भएको भन्ने समाचार प्रकाशमा आएपछि यसबारे स्पष्टिकरण दिदैं क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियारसँगको मिलेमतोमा राहत वितरण गर्दा अनियमितता गरेको भन्ने खबर अफवाह भएको बताए ।

- Advertisement -

नगरप्रमुख रौनियार र वडा नम्बर ६ का वडाअध्यक्ष सियानन्द चौहान बीचको टकरावको क्रममा वडाअध्यको नेतृत्वका विरोधीहरुले अनियमितताको आरोप लगाएको उनको भनाई छ ।

क्लबले पोखरिया नगरपालिका वडा नम्बर ६ मा २ सय ६३ घरधुरीको नाम छनौट गरेपनि २५ घरधुरी दोहोरिएकाले २ सय ३८ परिवारलाई राहत वितरण गरेको थियो । उक्त सूचीमा वितरण नगरिएका २५ जनाको राहत अन्य गरिबको पहिचान गरी वितरण गरिएको पनि कल्बले स्पष्ट पारेको छ ।

राहत वितरण पनि भ्यालु भौचर बैंकिग प्रक्रिया मार्फत गरिएको हुँदा अनियमितता हुने कुनै सवाल नहुने पटेलले जानकारी दिए । पटेलका अनुसार सेवाग्राहीलाई वितरण गरिएको भौचर कार्ड मेसिनमा राख्दा १० हजार ३ सय ५० रुपैया बराबरको रकम बिक्रेताको खातामा ट्रान्सफर हुने व्यवस्था गरिएको थियो ।

राहत प्राप्त गरेकी स्थानीय हिना देवी रामले राहत पाएको खुशी व्यक्त गर्दै उक्त राहतले केही दिन भएपनि घर खर्च चलाउन सकिने विशवास व्यक्त गरिन् । स्थानीयको आवश्यक्तालाई मध्यनजर गर्दै आवश्यक सामाग्रीहरु राहत प्याकेजमा समावेश गरिएको संगीता रामले बताईन् ।

यसअघि, गत बैशाख ४ गते क्लबले स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा राहत वितरण गर्दा अनियमितता भएको भन्दै स्थानीय महिलाहरुले पोखरिया नगरपालिकामा तालाबन्दी गरेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -