बीरगन्ज, १३ जेठ । बीरगन्जस्थित नारायणी अस्पतालमा विभिन्न स्थानमा आएका १ सय ९२ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा थप ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा पर्साका २४, बाराका १०, सर्लाहीका ३, रौतहटका २ र काठमाडौँका १ जना बासिन्दा रहेको नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा. सरोज रोशन दासले जानकारी दिए ।
थपिएका सङ्क्रमितहरुमा ११ जना महिलापनि रहेका छन् । उनीहरु १० वर्षदेखि ८० वर्ष उमार समूहका रहेका छन् भने उनिहरुको सिटि भ्यालु १४.८ देखि ३५.८ सम्म रहेको छ ।