बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

लक्ष्य अनुसारको राजश्व संकलनमा...

बीरगन्ज,१५चैत । नेपालको प्रवेशद्धारको रुपमा रहेको बीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष...

विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार...

काठमाडौं,१५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा...

४३९ नागरिकको भागमा जम्मा...

काठमाडौं,१५ चैत । संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३ जना...

अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन आजबाट...

काठमाडौं,१५ चैत । पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु भएको छ। बिहीबार ललितपुरमा पाटन...
19.1 C
Kathmandu
33.5 C
Birgunj

यातायात श्रमिकका लागि खोपको व्यवस्था गर्ने स्वास्थ्यमन्त्रीको प्रतिवद्धता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाै,०३ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले यातायात श्रमिकहरूलाई कोरोनाविरुद्धको खोपको प्राथमिकतामा राखिने बताएका छन् ।

- Advertisement -

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका तर्फबाट प्रस्तुत गरेको माग मन्त्रालयमा बुझेपछि मन्त्री तामाङले यातायात श्रमिकहरू अत्यावश्यक सेवा क्षेत्रअन्तर्गत पर्ने बताउँदै खोप प्राथमिकतामा राखिने बताएका हुन् ।

मन्त्री तामाङले सडक सुरक्षा र स्वास्थ्यका बारेमा संगठन नेतृत्वसँग कुरा गर्दै सडक दुर्घटनाग्रस्त क्षेत्रहरूको पहिचान गरी हाईवे ट्रमा सेन्टरहरूको व्यवस्थापनमा सरकारको चासो रहेको बताएको संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।

- Advertisement -

अध्यक्ष राईले ११ लाख यातायात श्रमिकहरूलाई खोपको माग गरिएको बताए । राईका अनुसार स्वास्थ्यमन्त्री तामाङले तत्काल इन्धन ढुवानी गर्ने ट्यांकर चालक तथा सहचालकहरूलाई खोप लगाइने बताएका थिए ।

ज्ञापनपत्रमा श्रमिकहरूलाई खोपको व्यवस्था, कोरोना संक्रमितहरूलाई निःशुल्क उपचार, मृतक श्रमिक परिवारलाई क्षतिपूर्ति र छोराछोरीहरूका लागि स्वास्थ्य र शिक्षाका लागि कोषको स्थापना, इन्धन तथा अत्यावश्यक खाद्यान्न ढुवानी श्रमिकहरूलाई जोखिमभत्ताको माग गरिएको अध्यक्ष राईले बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार