बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...

नेप्से १९.५६ अंकले घट्यो

काठमाडौं,०६ वैशाख । साताको अन्तिम दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) दोहोरो अंकले घटेको...

मधेश मन्त्रिमण्डलमा ३ मन्त्रि...

धनुषा,६बैशाख । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।...
26.1 C
Kathmandu
40.8 C
Birgunj

युरोकपमा स्वीडेनको पहिलो जित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी- जारी युरोकप फुटबलमा स्वीडेनले पहिलो जित निकालेको छ ।

- Advertisement -

समूह चरणको दोस्रो खेलमा शुक्रबार राति स्लोभाकियालाई १-० गोलले हराउँदै स्वीडेनले पहिलो जित निकालेको हो ।

स्वीडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७औँ मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका हुन् ।

- Advertisement -

जितसँगै समूह ‘ई’ मा रहेको स्वीडेनले २ खेलमा ४ अंक जोडेको छ । स्वीडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । समूहको स्विडेन शीर्ष स्थानमा रहेको छ ।

स्लोभाकियाको यो पहिलो हार हो । पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो । दोस्रो स्थानको स्लोभाकियाले २ खेलमा ३ अंक जोडेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार