शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

महोत्तरीमा टिपरले ठक्कर दिँदा एक सञ्चारकर्मीको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

महोत्तरी, ४ असार । सडक दुर्घटनामा परी महोत्तरीमा कार्यरत एक सञ्चारकर्मीको मृत्यु भएको छ ।

- Advertisement -

महोत्तरीको गौशालास्थित रेडियो जुनतारामा कार्यरत सञ्चारकर्मी ३० वर्षीय अर्जुन कुशवाहाको शुक्रबार साँझ मृत्यु भएको हो । रेडियोमा आफ्नो काम सकेर ज७प ९०४२ नम्वरको मोटरसाइकलबाट घर जाँदै गरेका सर्लाही ईश्वरपुर नगरपालिका–१३ का कुशवाहालाई सर्लाहीकै हरिपुर्वा नगरपालिका–८ मा विपरित दिशाबाट तीव्र गतिमा आउँदै गरेको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको उहाँका रेडियो सहकर्मी नरेन्द्र महतोले जानकारी दिनुभयो ।

सडक छेउमा थुपारिएको बालुवाको थुप्रो कटाउने क्रममा विपरति दिशाबाट आएको टिपरले ठक्कर दिँदा कुशवाहाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । शुक्रबार साँझ भएको सो घटनालगत्तै आक्रोशित बनेका स्थानीयवासीले टिपरमा आगजनी गरेर सडक अवरुद्ध गरेको थियो । प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएपछि स्थिति साम्य भएको छ ।

- Advertisement -

नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले आज शोक व्यक्त जारी गरी घटनाको अनुसन्धान गरेर बस्तीभित्र तीव्र गतिमा टिपर चलाउने चालकलाई हदैसम्मको सजाय र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार