शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
24.1 C
Kathmandu
35.5 C
Birgunj

पर्साकाे कालिकामाई गाउँपालिका संचालन प्रक्रियामा चरम अनियमितता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज । पर्साकाे कालिकामाई गाउँपालिका संचालन प्रक्रियामा चरम अनियमितता भएकाे प्रमाण फेला परेकाे छ ।

- Advertisement -

गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेकाे गुनासाे बढेपछि गाउँ कार्यपालिकाकाे कार्यालय हरिहरपुर विर्ता पुगेकाे संचारकर्मीहरुलाई आर्थिक बर्ष २०७७/०७८ मा संचालनमा रहेकाे बिकास निर्माण सम्बन्धि कुनै कागजात नरहेकाे कर्मचारीहरुले वताए । कार्यालयमा रहेकाे दर्ता चलानी रजिष्टरमा खाली ठाउँ छाेडेर दर्ता चलानी गरिएकाे फेला परेकाे हाे ।

गाउँपालिकाकाे दर्ता रजिष्टरमा मिति २०७८ जेठ १ गते सम्म दर्ता नं. ११२१ सम्म क्रमश दर्ता गरिए पनि त्यसपछि दर्ता नं. ११२२ दर्ता नगरी खालि ठाउँ राखिएकाे छ । त्यसपछि मिति २०७८ जेठ ३ गते दर्ता नं. ११२३ भएकाे हाजिर गायब सम्बन्धि पत्र दर्ता गरिएकाे छ ।

- Advertisement -

त्यसपछि फेरी मिति २०७८ जेठ ३ गते नै दर्ता नं. ११२४ पेश्की माग सम्बन्धि पत्र दर्ता गरिएकाे छ । तर फेरी  दर्ता नं. ११२५ र दर्ता ११२६ काे ठाउँ खालि राखेर अक्राे दर्ता गरिएकाे छ । मिति २०७८ असार ३ गते अन्तिम दर्ता नं. ११९२ सूचना माग सम्बन्धि पत्र दर्ता गरिएकाेे छ । त्यसकाे बिचमा पनि केही दर्ता नं. काे खालि ठाउँ राखिएकाेले ब्यापक अनियमितता भएकाे प्रष्ट हुन्छ ।

किन दर्ता रजिष्टरमा खालि ठाउँ राखेर दर्ता गरिएकाे हाे भने बारे साेध्दा कार्यालयमा भेटिएकाे कर्मचारीले जवाफ दिन सकेन । यस सम्बन्धमा कार्यालयमा नभेटिएका प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहसंग फाेनमा बुझ्न पटक पटक फाेन गर्दा पनि फाेन उठेन ।

आर्थिक मसान्तकाे अन्तिम अन्तिमा आएर अनियमितता र पुरानाे मितिमा दर्ता गर्न प्रयाेजनकाे लागि दर्ता रजिष्टरमा खालि ठाउँ राखेर दर्ता गरिएकाे गाउँपालिका कै क्रमचारी स्राेतले जनाएकाे छ । यस्ताे नियम विपरित धेरै काम हुने गरेकाे ति कर्मचारीकाे भनाई छ ।

यस्तै, गाउँपालिकामा संचालित थुप्रै बिकास निर्माण र सामग्री खरिदकाे सूचना गाउँपालिका वेभसाइटमा पनि राखिएकाे छैन् भने गाउँपालिका कार्यालयमा पनि नरहेकाेे सूचना अधिकारी अमित चाैरसियाले वताए ।

गाउँपालिकामा बढ्दै गएकाे अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानविनकाे लागि अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा थुप्रै मुद्दाहरु परे पनि ध्यान पुग्न नसकेकाे स्थानियहरुले गुनासाे रहेकाे छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार