शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
18.1 C
Kathmandu
23.8 C
Birgunj

निधिको उम्मेदवारीले असर नगर्ने देउवाको निष्कर्ष

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । आसन्न १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा आफै अघि सरेको अवस्थामा उपसभापति विमलेन्द्र निधि सभापतिको उम्मेदवारमा टिकिरहन्छन् या छोड्छन् ? अहिले सबैको चासोको विषय बनेको छ ।

- Advertisement -

तर, निधिले पनि आफूले सभापतिको दाबी नछाड्ने बताएका छन् । निधि देउवाले नसघाएको अवस्थामा संस्थापनबाट आफूनिकटलाई लिने र संस्थापनइतर समूहको समर्थन बटुलेर अघि बढ्नेमा दृढ देखिएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

शनिबार देउवासमक्ष निधिले आफूले कसैलाई पनि नछाड्ने भनेपछि देउवा निवासमा सोमबारसम्म त्यही विषय चर्चाको विषय बन्यो । अधिकांश केन्द्रीय सदस्यहरूले देउवासँगको छलफलमा उपसभापति निधिलाई मिलाएर संस्थापनतर्फबाट सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार बन्न सुझाब दिएका छन् । विद्यार्थी राजनीतिदेखि पार्टी विभाजन भएर एक्लिएको अवस्थामा समेत आफूसँगै रहेका निधिको चुनौतीले देउवामाथि दबाब परेको छ ।

- Advertisement -

महेन्द्रनारायण निधिको उत्तराधिकारीका रूपमा मधेसबाट उदाएका निधि संस्थापन समूहमा उपसभापति मात्रै होइनन्, देउवाको समेत उत्तराधिकारी मानिन्छन् । तर, अहिले उनी सभापतिको दाबी गर्दै गर्दा उनको पछि एक जना पनि केन्द्रीय सदस्य उभिएका छैनन् । ‘अहिले कोही खुलेका छैनन्, तल्ला तहको अधिवेशन सकिँदै गर्दा माहोल बन्छ, त्यसपछि खुल्ने रणनीति छ, हामीसँग राम्रै संख्या र समर्थन छ,’ निधि निकट स्रोतले भन्यो ।

तर, देउवाले भने निधिले साथ छाडे पनि आफूलाई तात्विक फरक नपर्ने निष्कर्ष निकालेका छन् । देउवाले शनिबार प्रदेश १ र २, आइतबार बाग्मती र गण्डकी तथा सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नेताहरूसँग आफ्नो उम्मेदवारी र टिमको अवस्थाबारे छलफल गरेका थिए ।

सो क्रममा केन्द्रीय सदस्यहरूले भने निधिलाई मनाएर नै अघि बढ्न सुझाब दिए । ‘विमल दाइले पनि दाबी गर्नुभएको छ, उहाँको समेत समर्थन लिएर टिमबाट सर्वसम्मत उम्मेदवार बनेको अवस्थामा उहाँलाई सभापति बन्न कुनै अवरोध रहँदैन,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने ।

केन्द्रीय सदस्य सीता गुरुङले सबैजसो केन्द्रीय सदस्यहरूले सभापति देउवालाई टिमबाट सहमति जुटाएर अघि बढ्न सुझाब दिएको बताइन् । ‘विमल दाइले पनि दाबी गर्नुभएको छ । उहाँको असन्तुष्टि के हो रु उहाँसँग पनि छलफल गर्नुस् र टिम मिलाएर अघि बढ्नुस् भनेका छौँ,’ उनले भनिन् । अधिकांश केन्द्रीय सदस्यले निधिले दुःखका वेला साथ दिएकाले उनलाई त्यसै छाडेर अघि बढ्न ठीक नहुने भन्दै मिलाएर अघि बढ्न सुझाब दिएका छन् ।

देउवापछि ०३६ सालमा नेविसंघको सभापति बनेका निधि नेता कृष्णप्रसाद भट्टराईनिकट मानिन्थे । तर, भट्टराईकै लिगेसीमा देउवाले गुट तयार गरेपछि निधि उनीसँगै रहे । पार्टी फुटाएर कोइरालाहरूसँग छुटिएपछि देउवालाई निरन्तर बलियो साथ दिनेमध्ये निधि एक थिए ।
देउवाले विभाजनकै वेला निधिलाई महामन्त्री पनि बनाए । तर, एकतापछि १२औँ महाधिवेशनमा महामन्त्री उठेका निधि प्रकाशमान सिंहसँग पराजित भए । निधिप्रति त्यहीकारण अधिकांश केन्द्रीय सदस्यहरूले उदारभाव र सद्भाव प्रस्तुत गरेका छन् ।

तर, देउवाले भने देशैभरिको अवस्था हेर्दा निधिको उम्मेदवारीले आफूलाई ठूलो असर नगर्ने निष्कर्ष निकालेको उनीनिकट स्रोतको दाबी छ । ‘उहाँसग एउटा केन्द्रीय सदस्य समेत छैन । सभापति ज्यूले सबै प्रदेशका नेतासँग छलफल गर्नुभयो । अब जिल्ला सभापतिहरूसँग छलफल गर्ने कार्यक्रम छ । सातै प्रदेशस्तरमा छलफल गर्ने तयारी छ,’ ती नेताले भने, ‘विमल दाइको विद्रोहले ठूलो फरक नपर्ने विश्लेषण उहाँको छ ।’

कतिपय नेताहरूले भने कोरोना र वर्षाका बीच महाधिवेशन गर्न सम्भव नहुने आग्रह गरेका थिए । पहाडी जिल्लाका केन्द्रीय सदस्यहरूले सकेसम्म महाधिवेशन सार्नुपर्नेसमेत माग गरेका थिए । ‘एकातिर असार साउनको महिना छ, बाढीपहिरोको जोखिम छ । अर्कोतिर कोरोनाको महामारी कम भएको छैन,’ बैठकमा सहभागी एक नेताले पहाडी क्षेत्रका नेताहरूले भनेको सुनाउँदै भने, ‘त्यसैले मिलेसम्म महाधिवेशन स्थगित गरौँ ।’ संस्थापन समूहबाटै पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा दाबी गर्दै आइरहेका छन् । १३औँ महाधिवेशनमा देउवालाई सघाएका श्रेष्ठ हाल संगठन विभागको प्रमुख छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार