शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
21.1 C
Kathmandu
32.2 C
Birgunj

कालिकामाई गाउँपालिकामा असारे विकास उपभेक्त कमिटि मार्फत भ्रष्टाचार !!

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ९ असार – पर्साको कालिकामाई गाउँपालिकामा विकासको नाममा व्यापक रुपमा अनियमितता भइरहेको छ । कागजमा उपभोक्ता समिति गठन गरी ठेक्दार मार्फत असारे विकास निर्माणको कार्य भइरहेको हो । गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेको स्थानियको गुनासो बढेपछि कार्यपालिकाको कार्यालय हरिहरपुर विर्ता पुगेर आर्थिक बर्ष २०७७/०७८ मा संचालनमा रहेको बिकास निर्माण सम्बन्धि जानकारी लिन कार्यालयमा भेटिएका कर्मचारीहरुले बताउँन मानेन् ।

- Advertisement -

गाउँपालिकामा संचालित थुप्रै बिकास निर्माण र सामग्री खरिदको सूचना गाउँपालिकाको वेभसाइटमा पनि राखिएको छैन् । गाउँपालिकाका सूचना अधिकारी अमित चौरसियासंग सूचना माँग गर्दा आफूलाई जानकारी नभएको बताए । उनले भने, सम्पूर्ण योजना बारे जानकारी हाकिम साहेब संग मात्र छ, उहाँ आएपछि आफै जानकारी गराउँनु हुन्छ । प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहसंग बुझन खोज्दा उनको कार्यालयमा पन्ध्र दिनदेखि ताल्चा लगाईएको थियो । फोन मार्फत पटक पटक सम्पर्क गर्दा फोन उठेन ।

गाउँपालिकाका योजना शाखा प्रमुख सुनिल कुमार रौनियार र लेखापाल अभिषेक साह समेत कार्यालयमा उपस्थित थिएन । आर्थिक मसान्तको अन्तिमको असार महिनामा आएर गाउँपालिकामा संचालित विकास निर्माणको योजनाहरु उपभोक्ता समितिमार्फत काम भइरहेको वताइए पनि ठेक्दारले काम गराईरहेको पाइयो । कागजी पक्रिया मिलाउन मात्र उपभोक्ता समिति गठन गर्ने गरिएको छ । गाउँपालिकाबाट भइरहेको ७० लाखको बजेटबाट कालिकामाई मन्दिर निर्माण, गाउँ कार्यपालिकाको लागि खरिद भएको जग्गाको बाउन्डरी वाल निर्माण, धर्मशालाको भवन निर्माणको योजनाहरुको उपभोक्ता समिति मार्फत संचालनमा छन् ।

- Advertisement -

तर कालिकामाई मन्दिरको भवन निर्माण र गाउँपालिकाको जग्गाको बाउन्डीवाल ठेक्दारले काम गराइरहेको प्रत्येक्षदर्शशीहरुले वताएका छन् । जुन नियमले मिल्दैन् । उपभोक्ता समितिका पदाधिकारीको बारे जानकारी लिन खोज्दा जनप्रतिनिधि र कर्मचारी कसैले बताउन चाहेनन् ।  खोला सफाईमा ४० लाख खर्च चालु आर्थिक बर्षमा खोला सफाईमा ४० लाख खर्च भएको छ । गाउँपालिका अन्तर्गको गंगोल र बही खोला सफाईमा ४० लाख खर्च भएको गाउँपालिकाका सब इन्जिनियर मिथिलेश यादवले वताए । सो खोला सरसफाई पनि उपभोक्ता समिति मार्फत नै भएको उनले वताए पनि उपभोक्ता समितिको अध्यक्षको नाम समेत वताउन सकेन ।

उनले खोला सरसफाईको इस्टिमेट पनि देखाउन मानेन् ।  खोला सफाईमा १५ देखी २० लाख सम्म मात्र खर्च भएको स्थानियहरुको भनाई छ । अन्य योजनामा समेत अनियमितता  गाउँपालिकाबाट वितरण भएको ग्यास सिलिन्डर खरिदमा पनि अनियमितता भएको छ । ग्यास सिलिन्ड खरिदको बारेमा पनि बुझ्न खोज्दा गाउँपालिका कार्यालयमा भेटिएका कर्मचारीहरु कोई बताउन मानेन् ।  ४५ सय देखी ५ हजार सम्म पर्ने ग्यास सिलिन्डर र चुल्ला खरिद ६२ सयमा गरेर ठुलो रकमको चलखेल भएको गाउँपालिका स्रोतले जनाएको छ ।

यस्तै, आर्थिक बर्ष २०७७/०७८ को सुरु मै विपद व्यवस्थापनको रकमबाट जनप्रतिनिधिहरुले भत्ताको नाममा एकरएक लाख रकम भागवंडा लगाएका थिए । गाउँपालिकाको चालुगत खर्चमा पनि अनियमितता गाउँपालिकाको चालुगत खर्चमा पनि अनियमितता भएको छ । प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह कार्यालयमा भएको दिनको पनि टियडिय बुझेको गाउँपालिका स्रोतले जनाएको छ । उनले चेकमा हस्ताक्षर गरेको दिनको पनि टियडिय बुझेको तथ्यले सो कुरा प्रमाणित गर्ने स्रोतको भनाई छ ।  यस्तै, गाउँपालिकाको जनप्रतिनिधिले वीरगंज मै बसेर नक्कली बिल भर्पाई बनाएर टिएडिय बुझेका छन् । यसका साथै काठमाडौे र पोखरा गएर मौजमस्ती गरेको खर्च पनि नक्कली बिल बनाएर रकम निकासा भएको स्रोतले जनाएको छ  ।

अख्तियारको ध्यान पुग्न सकेन गाउँपालिकामा बढ्दै गएको अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रै मुद्दाहरु परे पनि ध्यान पुग्न नसकेको स्थानियहरुको गुनासो छ । गाउँपालिकामा भइरहेको अनियमितता र भ्रष्टाचारको सम्बन्धमा अख्तियारमा मुद्दा परेपनि छानविन नभएको स्थानिय उपेन्द्र तिवारीले गुनासो गरे । उनले भने ूयहाँ नदी सफाईको नाममा ४० लाख खर्च भएको छ तर सडकको अवस्था दैनिय रहेको छ । थोरै पानी परे पनि सडक हिलो मै हुने गरेको छ ।

बढी कमिशन पाउने ठाउँमा मात्र गाउँपालिकाले काम गरिहरको छ ।ू स्थानिय सरकार बनेको साढे तिन बर्ष भए पनि अहिले सम्म सडक निर्माण नहुँदा स्थानिय बर्षायाममा समस्या भोग्दै आएको उनले वताए । मुख्य सडकमा हिलोयाम, घुडाभन्दा माथि पानी जमेका कारण आवतजावत गर्ने समस्या भईरहँदा पनि जनप्रतिनिधि मुख हेराउँन आउँदैन । अर्का स्थानिय मन्टु कुमार रौनियारले हिलोयाम सडकका कारण गाउँमा एम्बुलेन्स, बिहेवारीमा जयन्ती समेत आउँन नसकेको वताए ।

सिकित्स विरामीलाई तीन चार जना मिलेर एम्बुलेन्स भएको ठाउँमा पु¥याउँनु पर्ने बाध्यता रहेको उनको भनाई थियो । बारम्बार जनप्रतिनिधिलाई गुहार लगाउँदा समेत अहिले सम्म कुनै सुनवाई नभएको स्थानिय जोगिन्द्र गिरीले वताए । गिरीले घर घरमा सिंहदरबार पुगेको भनिएपनि अहिले सम्म कालिकामाई गाउँपालिका जनताले सिंहदरबारको अनुभुति भने पाउँन नसकेको वताए । जनताको समस्या समाधान गर्नुभन्दा विकास निर्माणको नाममा आफना कार्यकर्तालाई भरणपोषण गर्ने काम मात्र भईरहेको उनले गुनासो गरे ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार