शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
21.1 C
Kathmandu
32.2 C
Birgunj

संसद विघटनविरुद्ध सडक आन्दोलन गर्ने विपक्षी गठबन्धनको निर्णय

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाै,१० असार । विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने भएको छ । संवैधानिक इजलासमा बहस शुरु भएकै दिन बुधबार बसेको गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठकले जनपरिचालनको निर्णय गरेको हो ।

- Advertisement -

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदमलाई निरन्तरता दिएको निष्कर्ष निकालेको छ । साथै सरकारविरुद्ध दबाबमूलक कार्यक्रम अगाडि सार्ने निर्णय गरेको कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए ।

‘प्रधानमन्त्री र राष्ट्रपतिबाट एकपछि अर्काे गरी असंवैधानिक कामहरु भइरहेका छन्, लोकतान्त्रिक प्रक्रिया र संविधानको रक्षा गर्न दलहरु मिलेर अगाडि बढ्नुपर्नेमा सबैको जोड थियो’ कांग्रेस नेता खाँणले भने, ‘गठबन्धनमा आवद्ध दलका भ्रातृ तथा जनवर्गीय संगठन परिचालन गर्ने निर्णय भएको छ ।’

- Advertisement -

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा आवद्ध गठबन्धनले पत्रकार, नागरिक समाज, बुद्धिजीवी लगायतसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको छ ।

गठबन्धनका शीर्ष नेताहरुले भोलि बिहीबार पछिल्लो राजनीतिक घटनाक्रमबारे वरिष्ठ पत्रकार र सम्पादकसँग अन्तर्क्रिया गर्नेछन् । ‘समाजका सबै पक्षसँग संवाद गरेर हामी अगाडि बढ्छौं । उहाँहरुले दिएका सुझाव अनुसार विपक्षी गठबन्धन अगाडि बढ्छ’, नेता खाँणले भने ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए भने माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी थिए । यस्तै एमाले नेता माधवकुमार नेपाल र भीम रावल, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार