सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

नरिवलको तेलका लगाउँदा हुन्छन् यस्ता फाइदा

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नरिवलको तेलले फुस्रो छालाको समस्याबाट छुट्कारा दिन्छ । यसका लागि मह र नरिवलको तेलको मिश्रण बनाएर प्रयोग गर्नुपर्छ । यस्तो मिश्रण लगाएर केही समयसम्म छोड्नुपर्छ र मनतातो पानीले सफा गर्नुपर्छ ।

- Advertisement -

घरमै डिप क्लिजिङ गर्न चाहनुहुन्छ भने पनि नरिवलको तेलको सहारा लिन सक्नुहुन्छ । यसका लागि बेकिङ सोडा र नरिवलको तेलको मिश्रण बनाउनुपर्छ । बेकिङ सोडामा एन्टिब्याट्रेरियल र एन्टिइन्फल्माटोरीको गुण हुन्छ, जसलाई डिप क्लिन्जरका रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

- Advertisement -

नरिवलको तेल अनुहारको रिङकल्स हटाउनका लागि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि नरिवलको तेलमा बेसार र दूध मिसाउनुपर्छ । दूधमा ल्याक्टिक एसिड हुन्छ, जसले स्किनलाई चम्किलो बनाउन सहयोग गर्छ । यस्तो मिश्रणको प्रयोगले रिङकल्स हटाउन ठूलो भूमिका निर्वाह गर्छ ।

चम्किलो छालाका लागि पनि नरिवलको तेलको सहारा लिन सक्नुहुन्छ, जसका लागि नरिवलको तेलमा भिटामिन ईको क्याप्सुल मिसाएर प्रयोग गर्न सक्नुहुन्छ । थुप्रै ब्युटी प्रडक्टमा भिटामिन ईको प्रयोग गरिएको हुन्छ । यस्तो मिश्रणलाई अनुहारमा लगाएर १० मिनेटसम्म छोडिदिनुहोस् । यसले तपाईंको स्किनलाई हाइड्रेट राख्छ । यसलाई रातको समय मास्कको रूपमा प्रयोग गरी अर्को दिन सफा गर्न सक्नुहुन्छ ।

धेरैजसोको अनुहारमा दाग देखिने समस्या हुन्छ । यस्तो समस्याका लागि नरिवलको तेलको प्रयोग गर्न सक्नुहुन्छ । यसलाई सुत्नुअघि हरेक दिन प्रयोग गर्न सक्नुहुन्छ । एजेन्सी

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -