सोमवार, अशोज ४, २०७८

20.1 C
Kathmandu
26.5 C
Birgunj

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यास प्रतिसिलिण्डर २५ रुपैयाँ बढ्यो

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२३ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

- Advertisement -

आयल निगमले मंगलबार रातिबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यासमा मूल्य बढाएको हो ।

आयल निगमले मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा २–२ रुपैयाँ प्रतिलिटर, अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा १९ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्यवृद्धि गरेको जनाएको छ । ्

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय २९, डिजेल र मट्टीतेल समान १ सय १२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन सात सय ५४ डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ४ सय २५ रुपैयाँ पुगेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -