सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

जीवन विकास लघुवित्तको आईपीओ आज बाँडफाँट

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज (बुधवार) बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा विहान ९ः३० बजे गोलाप्रथामार्फत आईपीओ बाँडफाँट भएको हो ।

- Advertisement -

२० लाख १८ हजार ३०८ जना आवेदकमध्ये १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। पाँच जना आवेदकले भने ११ कित्ता सेयर हात पारेका छन्।

- Advertisement -

कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता सेयर विक्री गरेको हो। धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका बमोजिम सबै आवेदकलाई न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था बमोजिम कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुदाँ कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -