सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

अभिनेत्री जेनी कुँवरको अन्त्येष्टि

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । अभिनेत्री जेनी कुँवरको शुक्रवार अन्त्येष्टि गरिएको छ । उनी बिहिबार राति आफ्नै निवासमा आत्महत्या गरिएको अवस्थामा फेला परेकी हुन् ।

- Advertisement -

अभिनेत्री कुँवरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । महाराजगञ्जसिथत शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएपछि अन्तिम श्रद्धाञ्जलीका लागि अभिनेत्री कुँवरको पार्थिव शरीर पशुपति आर्यघाटमा राखिएको थियो ।

- Advertisement -

मृतक कुँवरलाई श्रद्धाञ्जली अर्पण गर्न नेपाली फिल्म क्षेत्रका कलाकारहरु उपस्थित भएका थिए । त्यसक्रममा नेपाल चलचित्र कलाकार संघको झण्डा ओढाएर अभिनेत्री कुँवरलाई अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।

त्यसक्रममा कलाकार संघका प्रवक्ता तथा उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतले अभिनेत्री कुँवरले नेपाली चलचित्र क्षेत्रमा दिएको योगदानको चर्चा गरेका थिए ।

दिवंगत अभिनेत्री कुँवरका श्रीमान् र दुई छोरी छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -