शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...

रूसी सेनामा रहेका नेपालीका...

काठमाडौँ,०७ वैशाख । रूसी सेनामा रहेका नेपालीहरुका परिवारले धर्ना सुरु गरेका छन् ।...
25.1 C
Kathmandu
34.8 C
Birgunj

बीउवासंघको ग्रेटर बीरगन्ज समितिको संयोजकमा टेमानी मनोनित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ३१ असार – बीरगन्ज उद्योग वाणिज्य संघद्वारा गठित ग्रेटर बीरगन्ज समितिको संयोजकमा अशोक कुमार टेमानी मनोनित भएका छन् ।

- Advertisement -

बीरगन्ज उद्योग वाणिज्य संघले प्रचलित विधान बमोजिम थप समिति विस्तार गर्दै सो समितिमा बीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका टेमानीलाई मनोनित गरेको संघका अध्यक्ष सुवोध कुमार गुप्ताले जानकारी दिए ।

अध्यक्ष गुप्ताले संघद्वारा अघि सारिएको ग्रेटर बीरगन्ज अवधारणाबारे पूर्व अध्यक्ष टेमानी जानकार रहेकोले उक्त समितिको संयोजकमा टेमानीको मनोनयनले अवधारणा पूरा गर्न सहज विश्वास व्यक्त गरे । साथै, ग्रेटर बीरगन्ज समितिको संयोजकमा टेमानीलाई मनोनयन गरिएकोले संघको समग्र उद्देश्य पूरा गर्नमा सहजता आउने उनको भनाई छ ।

- Advertisement -

ग्रेटर बीरगन्ज समितिका संयोजक टेमानीले ग्रेटर बीरगन्जको अवधारणालाई मूर्त रुप प्रदान गर्नको लागि स्थानीय तह, प्रदेश र केन्द्रीय तहमा समेत निरन्तर संवाद र सहकार्य हुँदै आएको बताए । उनले ग्रेटर बीरगन्जको अवधारणा आफ्नो कार्यकालमा शुरुवात भएकोले यसलाई घनिभूत रुपले अघि बढाउने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा संघका उपाध्यक्ष हरि गौतम र महासचिव मनोजकुमार दासको समेत उपस्थिति रहेको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार