सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

एमाले स्थायी कमिटी बैठक सुरु, माधव पक्ष आज पनि गएन

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०३ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक केहीबेर अघि सुरू भएको हो। एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने छ ।

- Advertisement -

विघटित कार्यदलका सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर शनिबार बैठक रोक्न आग्रह गरेका थिए । तर अध्यक्ष ओलीले बैठक रोक्न नसकिने जवाफ दिएका थिए । आजको बैठकमा नेपाल पक्ष र उपाध्यक्ष वामदेव गौतम सहभागी भएका छैनन् । सोमबार १४ औँ केन्द्रीय कमिटी बैठक सोही स्थानमा बोलाइएको छ।

- Advertisement -

एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ। यसैबीच पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आइतबार बेलुका ४ बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन्।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -