सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्र ले विश्वासको मत दिने भएको छ । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको सांसद मातृका यादवले बताए ।

- Advertisement -

देउवाले आइतबार संसद्को दोस्रो बैठकमा विश्वासको मत लिँदै छन् । देउवा नेतृत्वको सरकारमा माओवादीबाट २ जना मन्त्री छन् । प्रतिनिधिसभामा तत्काल कायम रहेका २ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन देउवालाई चाहिन्छ । जसअनुसार कांग्रेस ६१, माओवादी केन्द्रका ४८, जसपाको उपेन्द्र यादव पक्षका १९, जनमोर्चाका १ सांसदको मत देउवालाई जाने सम्भावना छ।

- Advertisement -

यसअघि अदालतमा रिट दायर गर्दा देउवाका पक्षमा हस्ताक्षर गरेका एमालेका माधव कुमार नेपालपक्षका २३ सांसद सबैले उनलाई मत दिने र नदिने यकिन भइसकेको छैन । कांग्रेस, माओवादी केन्द्र र जसपाका १९ सांसदले साथ दिँदा पनि देउवालाई सात मत अपुग हुन्छ । देउवालाई विश्वासको मत दिने नदिनेबारे निर्णय लिन एमालेको नेपाल पक्षका सांसदहरू छलफलमा जुटेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -