सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

महन्थ संकटमा : राजकिशोर र रेनुका पनि उपेन्द्र समूहमा

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०३ साउन । जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादव र रेनुका गुरुङ उपेन्द्र यादवको पक्षमा आएका छन् ।

- Advertisement -

जसपाको पार्टी एकता पक्षमा रहेका राजकिशोर यादवले संसद् बचाउनका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने भन्दै उपेन्द्र यादवको पक्षमा लागेको जसपाका सांसद प्रदीप यादवले बताए ।

- Advertisement -

पार्टीमा विवाद देखिएको कारण केही दिनदेखि उनी कुनै पक्षमा नलागी चुपचाप बसेका थिए । अहिले उनले उपेन्द्र यादवको पक्षमा लागेर प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्ने भएका छन् । उपेन्द्र यादवलाई छाडेर महन्थ ठाकुरको पक्षमा गई ओली सरकारको राज्यमन्त्री बनेकी रेणुका गुरुङ पनि उपेन्द्र यादवको पक्षमा फर्किएकी छिन् ।

त्यस्तै उपेन्द्र यादव पक्ष छाडेर महन्थ ठाकुरकै पक्षमा लागेका अर्का सांसद रुही नाज पनि पुनः उपेन्द्र यादवको पक्षमा लागेकी छिन् । ३ जनाको गुट परिवर्तनसँगै अब यादवको पक्षमा प्रतिनिधिसभाका १८ सांसद पुगेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -