सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

श्रीलंका र भारतबीचको दोस्रो एकदिवसीय खेल आज

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०५ साउन । श्रीलंका भ्रमणमा रहेको भारत र आयोजक राष्ट्रबीचको दोस्रो एकदिवसीय खेल आज मंगलबार खेलिने तालिका रहेको छ।

- Advertisement -

कोलम्बोस्थित राजपक्ष रंगशालामा आजको खेल नेपाली समय अनुसार अपरान्ह ३:१५ बजे शुरु हुनेछ। आफ्नो वैकल्पिक टोली लिएर श्रीलंका भ्रमण गरेको भारतले पहिलो एकदिवसीय खेलमा सहज जित दर्ता गरिसकेको छ।

- Advertisement -

कप्तान शिखर धवनको शानदार ब्याटिङमा भारतले श्रीलंका माथि ७ विकेटको जित दर्ता गरेको थियो। त्यस्तै भारतका ओपनर पृथ्वी श र विकेट किपर ईशान किशनको विस्फोटक ब्याटिङले कोलम्बोको पिच ब्याटिङ पिच रहेको प्रमाणित गरिसकेको छ।

आफ्नो कप्तान कुशल परेरा बिना मैदानमा उत्रेको श्रीलंकाले आज पनि आफ्ना प्रमुख खेलाडी गुमाउने निश्चित देखिन्छ। निकै नै अस्थिर देखिएको घरेलु टोलीलाई आजको खेल जित्नै पर्ने दवाव देखिन्छ। तीन एकदिवसीय खेलको शृंखलामा आज भारतले जित दर्ता गरेको खण्डमा एक खेल अगावै उपाधि जित्नेछ।

सम्भावित शुरुवाती ११

भारत: शिखर धवन (कप्तान), पृथ्वी श, सूर्यकुमार यादव, मनिष पाण्डे, ईशान किशन, हार्दिक पाण्ड्या, क्रुनाल पाण्ड्या, भुवनेश्वर कुमार, नभदिप सैनी, कुलदीप यादव, दीपक चाहर, युजवेन्द्र चहल

श्रीलंका: आविष्का फर्नान्डो, पथुम निशानका, मिनोद भानुका, धनन्जय डे सिल्भा, भानुका राजपक्ष, धसुन शनाका (कप्तान), वनिन्दु हसरंगा, इसुरु उदाना, लक्षण सन्दाकन, दुशमन्था चमिरा, कसुन रजिथा

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -